रास्वपापछि राप्रपालाई पनि लाग्यो महाधिवेशन, आगामी केन्द्रीय कार्यसम्पादन समितिले मिति तोक्ने « Khabarhub

रास्वपापछि राप्रपालाई पनि लाग्यो महाधिवेशन, आगामी केन्द्रीय कार्यसम्पादन समितिले मिति तोक्ने


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि महाधिवेशन लागेको छ। रास्वपाले आगामी असारमा पहिलो महाधिवेशनको तयारी गरेका बेला राप्रपा पनि त्यही दिशामा अघि बढेको हो।

राप्रपाको शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेर यस्तो निर्णय गरेको हो ।

बैठकले केन्द्रीय कार्यसमितिको आगामी बैठक २०८३ जेठ २८ र २९ गते काठमाडौंमा बस्ने निर्णय गरेको छ।

बैठकले महामन्त्री एवम् सचिवालय प्रमुख राजेन्द्र गुरुङद्वारा प्रस्तुत फागुन २१ को निर्वाचनसम्बन्धी सातै प्रदेशको समीक्षा प्रतिवेदनलाई परिमार्जनसहित आगामी कार्यसम्पादन बैठक तथा केन्द्रीय कार्यसमिति बैठकमा पेस गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएका पार्टीका जिल्ला, स्थानीय तथा अन्य तहका अधिवेशनहरू पुनः सुरु गर्ने निर्णय गरिएको छ।

पार्टीले निकट भविष्यमा हुने महाधिवेशनलाई लक्षित गर्दै सबै तहका अधिवेशनहरूलाई तदारुकताका साथ अघि बढाउन पार्टी पंक्तिलाई आह्वान गरेको पार्टी प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताएका छन् ।

बैठकले आगामी महाधिवेशनको मिति निर्धारण तथा कार्यतालिका तयार पार्ने जिम्मेवारी उपाध्यक्ष हेमजङ गुरुङ, महामन्त्री डा. धवल शमशेर राणा र सह–महामन्त्री प्रकाश रिमाललाई दिएको छ। सो कार्यतालिका आगामी कार्यसम्पादन बैठकमा पेस गरिनेछ।

त्यसैगरी, संविधान संशोधनसम्बन्धी बहसपत्र निर्माण कार्यदललाई सुझाव दिने जिम्मेवारी सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाको संयोजकत्वमा रहेको समितिलाई दिइएको छ।

राप्रपाले आफ्नो स्थापित मान्यता र घोषणापत्रको भावनाअनुसार संविधान संशोधनसम्बन्धी सुझाव पेस गर्ने जनाएको छ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ६ : ३५ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग