उपत्यकाका ९५ कन्सल्टेन्सीमा छापा, ६९ जना नियन्त्रणमा « Khabarhub

उपत्यकाका ९५ कन्सल्टेन्सीमा छापा, ६९ जना नियन्त्रणमा


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विदेश अध्ययनका नाममा विद्यार्थी ठगिएको गुनासो बढ्न थालेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाभित्र सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थामाथि छापा मारेको छ ।

कार्यालयले शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका ९५ वटा कन्सल्टेन्सीमा एकसाथ अनुगमन तथा छापा मार्दा ६९ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार ती संस्थामध्ये धेरैले आवश्यक कानुनी प्रक्रिया पूरा नगरी सेवा सञ्चालन गरेको, विदेश पठाइदिने भन्दै रकम असुलेको तथा कागजातसम्बन्धी अनियमितता गरेको आशंकामा अनुसन्धान थालिएको हो ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले पक्राउ परेकामाथि प्रारम्भिक ‘स्क्रिनिङ’ गरी कसुरको प्रकृतिअनुसार थप अनुसन्धान अगाडि बढाइने बताए ।

अनुसन्धान टोलीले केही कन्सल्टेन्सीबाट विद्यार्थीको आर्थिक कारोबार, भिसा प्रक्रिया र शैक्षिक कागजातसँग सम्बन्धित विवरणसमेत संकलन गरेको जनाएको छ । प्रहरीले वैधानिक अनुमति बिना सञ्चालन भएका तथा शैक्षिक परामर्शको नाममा ठगीमा संलग्न संस्थामाथि थप कारबाही जारी रहने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ८ : २९ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७