विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा « Khabarhub

विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले उत्कृष्ट प्रदर्शन गर्दै ट्युनिसियामाथि ५-१ को फराकिलो जित दर्ता गरेको छ।

स्वीडेनका लागि डेब्यु खेलाडी यासिन आयारीले उत्कृष्ट दुई गोल गरेपछि टोलीले विश्वकपमा सुखद सुरुआत गरेको हो।

स्वीडेनलाई जिताउन आयारीको दुई गोलबाहेक माथियास स्वानबर्ग, भिक्टर ग्योकेरेस र अलेक्जेन्डर इसाकले समान १-१ गोल थपे। ट्युनिसियाका लागि खेलको पहिलो हाफ सकिनुअघि करिम रेकिकले एक गोल फर्काए पनि त्यो टोलीको पुनरागमनका लागि पर्याप्त हुन सकेन।

स्वीडेनका लागि डेब्यु गरेका युवा मिडफिल्डर यासिन आयारी खेलको मुख्य आकर्षण बने। उनले पहिलो गोलमा सामान्य खुसीयाली मनाए पनि दोस्रो गोलमा भने सानदार प्राविधिक कौशल देखाउँदै बललाई पोस्टको तल्लो कुनामा भित्र्याएपछि मैदानमा निकै उत्साहका साथ खुसीयाली मनाएका थिए।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ९ : ५९ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो