खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएकाहरू आन्दोलित (तस्बिरहरू) « Khabarhub

खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएकाहरू आन्दोलित (तस्बिरहरू)


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खानाको व्यवस्था नभएपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा रहेको सुकुमवासी होल्डिङ सेन्टरमा आश्रित परिवारहरू आन्दोलनमा उत्रिएका छन् । विद्यालय जाने केटाकेटीहरू समेत खानाको व्यवस्था नभएपछि विद्यालय जानबाट रोकिएको उनीहरुको भनाइ छ ।

काठमाडौँ उपत्यकाका नदी किनारका बस्ती हटाइएपछि छानविन गरी उचित व्यवस्थापन गर्ने सरकारी प्रतिवद्धतासहित अस्थायी रूपमा १५ दिनका लागि राधास्वामी आश्रम ट्रष्ट परिसरमा टेन्टमा राखिएका ६५ घरधुरीका २ सय ७७ जना दुई महिना बितिसक्दा पनि स्थायी व्यवस्थापनको पर्खाइमा छन् ।

आश्रितहरूका अनुसार सुरुका दिनमा राधास्वामी सत्संगले उनीहरूको खानपानको व्यवस्था गर्दै आएको थियो । पछि उनीहरूको सम्पूर्ण जिम्मेवारी काठमाडौँ महानगरपालिकाले लिएको थियो । तर महानगरले आइतबारदेखि खाना वितरण बन्द गरेपछि उनीहरू समस्यामा परेका छन् ।

खाना बन्द भएसँगै दैनिक गुजारा चलाउन कठिन भएको भन्दै आश्रितहरूले तत्काल खाद्यान्न तथा बसोबासको उचित व्यवस्था गर्न सरकार र महानगरपालिकासँग माग गरेका छन् । आश्रित परिवारहरूले अस्थायी बसोबासको अवधि लामो हुँदा बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य सदस्यहरू थप समस्यामा परेको बताएका छन् ।

आइतबार साँझदेखि खाना दिएको छैन । विद्यालय जाने केटाकेटीहरू समेत खानाको व्यवस्था नभएपछि विद्यालय जानबाट रोकिएको एक आश्रितले बताए । 
उनीहरूले सरकारले गरेको व्यवस्थापनको प्रतिबद्धता कार्यान्वयन गर्न र दीर्घकालीन समाधान निकाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

‘हामीलाई जिम्मेवारी दिँदा खाना, खाजा लगायतको राम्रै व्यवस्था गरेका थियौँ । महानगरले आफैँ गर्छौँ भनेपछि स्वयंसेवक राख्न पनि छोडिएको छ’, सत्संगका एक स्वयंसेवकले बताए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १० : ५३ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र