खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएकाहरू आन्दोलित (तस्बिरहरू) « Khabarhub

खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएकाहरू आन्दोलित (तस्बिरहरू)


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खानाको व्यवस्था नभएपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा रहेको सुकुमवासी होल्डिङ सेन्टरमा आश्रित परिवारहरू आन्दोलनमा उत्रिएका छन् । विद्यालय जाने केटाकेटीहरू समेत खानाको व्यवस्था नभएपछि विद्यालय जानबाट रोकिएको उनीहरुको भनाइ छ ।

काठमाडौँ उपत्यकाका नदी किनारका बस्ती हटाइएपछि छानविन गरी उचित व्यवस्थापन गर्ने सरकारी प्रतिवद्धतासहित अस्थायी रूपमा १५ दिनका लागि राधास्वामी आश्रम ट्रष्ट परिसरमा टेन्टमा राखिएका ६५ घरधुरीका २ सय ७७ जना दुई महिना बितिसक्दा पनि स्थायी व्यवस्थापनको पर्खाइमा छन् ।

आश्रितहरूका अनुसार सुरुका दिनमा राधास्वामी सत्संगले उनीहरूको खानपानको व्यवस्था गर्दै आएको थियो । पछि उनीहरूको सम्पूर्ण जिम्मेवारी काठमाडौँ महानगरपालिकाले लिएको थियो । तर महानगरले आइतबारदेखि खाना वितरण बन्द गरेपछि उनीहरू समस्यामा परेका छन् ।

खाना बन्द भएसँगै दैनिक गुजारा चलाउन कठिन भएको भन्दै आश्रितहरूले तत्काल खाद्यान्न तथा बसोबासको उचित व्यवस्था गर्न सरकार र महानगरपालिकासँग माग गरेका छन् । आश्रित परिवारहरूले अस्थायी बसोबासको अवधि लामो हुँदा बालबालिका, ज्येष्ठ नागरिक तथा अन्य सदस्यहरू थप समस्यामा परेको बताएका छन् ।

आइतबार साँझदेखि खाना दिएको छैन । विद्यालय जाने केटाकेटीहरू समेत खानाको व्यवस्था नभएपछि विद्यालय जानबाट रोकिएको एक आश्रितले बताए । 
उनीहरूले सरकारले गरेको व्यवस्थापनको प्रतिबद्धता कार्यान्वयन गर्न र दीर्घकालीन समाधान निकाल्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

‘हामीलाई जिम्मेवारी दिँदा खाना, खाजा लगायतको राम्रै व्यवस्था गरेका थियौँ । महानगरले आफैँ गर्छौँ भनेपछि स्वयंसेवक राख्न पनि छोडिएको छ’, सत्संगका एक स्वयंसेवकले बताए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १० : ५३ बजे

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन

व्यवसायीको निधनले शोकमा वालिङ

स्याङ्जा– गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण स्याङ्जाको वालिङ शोकमा