दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम « Khabarhub

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई अर्का नायक मुकुन भुसालले बक्स अफिसमा पछि पारेका छन् ।

दयाहाङ र सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘मितज्यू’ले घरेलु बक्स अफिसमा १ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ । यता मुकुनको फिल्म ‘रोल नम्बर १’ ले १ करोड ३५ लाख ग्रस कलेक्सन गरेको छ ।

दुई स्टार नायक रहेको फिल्मभन्दा ‘रोल नम्बर १’ले बढी दर्शकलाई हलमा तानेको हो ।

चलचित्र विकास बोर्डका अनुसार ‘मितज्यू’का लागि ४६ हजार १५४ वटा टिकट बिक्री भएको छ । ‘रोल नम्बर १’ हेर्न ४७ हजार १५१ वटा टिकट किनिएको छ ।

‘मितज्यू’ जेठ ८ र जेठ १५ बाट ‘रोल नम्बर १’ प्रदर्शनमा आएको हो । बोर्डले जेठ ३१ सम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो ।

यो वर्ष प्रदर्शनमा आएका फिल्महरूलाई एक करोड ग्रस कलेक्सन कटाउन सकस भइरहेको अवस्थामा नायिका स्वतस्तिमा खड्का भने निकैअघि देखिएकी छन् । उनको फिल्म हिट बनेको छ ।

यो फिल्मले बक्स अफिसमा ९ करोड १६ लाख ग्रस कलेक्सन गरेको छ ।

डिमान्डेट नायकहरूसँग बक्स अफिसमा प्रतिस्पर्धा गरेरै यो फिल्म हिट भएको हो । फिमेल लिड यस फिल्मको सफलताले स्वस्तिमाको स्टारडम उजागर गरेको हो ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ३ : ३६ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र