विपद्मा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल « Khabarhub

विपद्मा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता राखेर सशस्त्र प्रहरी कर्मचारीहरूलाई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २५औँ स्थापना दिवसको अवसरमा महानिरीक्षक पौडेलले सो निर्देशन दिनुकासाथै विपद्को समयमा जनताको सेवा र सुरक्षामा खटिदा सरोकारवाला सबै पक्षहरूसँग आवश्यक समन्वय र सहकार्य जरुरी रहेका समेत बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले विपद् उद्धार कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि साथै विपद् उद्धार सामाग्री उपलब्ध गराउने कार्यमा गण्डकी प्रदेश सरकारको सहयोग प्रदेशका विभिन्न ठाउँहरूमा सशस्त्र प्रहरी बल नेपालका युनिटहरू विस्तार, विपद् व्यवस्थापन वेश स्थापना र रेस्क्यु टावरमा खटिएका टोलीले गरेका कार्यहरू तथा उच्च भू–भाग तथा हिमाली क्षेत्रमा गरेका उद्धारहरू प्रशंसनीय रहेको बताए ।

सोही अवसरमा उनले नेपाल भारत तथा नेपाल चीन दुवै अन्तर्राष्ट्रिय सीमा नाकाहरू राष्ट्रिय सुरक्षा, सीमा व्यवस्थापन तथा आर्थिक गतिविधिका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै भन्सार नाकाहरूको संवेदनशीलता, तस्करी नियन्त्रण, सीमा अपराध नियन्त्रण तथा राजश्व चुहावट नियन्त्रणमा समेत थप सजगता र प्रभावकारी व्यवस्थापनका साथ परिचालन हुन समेत जरुरी रहेको बताए

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संगठनको नेतृत्व सदैव राष्ट्रसेवक कर्मचारीहरूको हित, कल्याण र वृत्ति विकासमा संवेदनशील र चिन्ताशील रहने उल्लेख गर्दै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरू संगठन विकासको साझा लक्ष्यतर्फ अग्रसर हुन आफ्नो कर्तव्य पथमा दृढ, अनुशासित र अविचलित भई कार्य गर्न समेत निर्देशन दिए ।

उनले संगठनप्रतिको निष्ठा, अनुशासन र समर्पणले नै भविष्यका अवसरहरू सिर्जना गर्ने तथा वृत्ति विकासका ढोकाहरू पनि कर्म, क्षमता र योगदानको आधारमा खुल्दै जाने भएको हुँदा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरू कार्यक्षेत्रमा खटिदा इमान्दारिता, अनुशासित र लगनशील भई लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले बाहिनीलाई सहयोग पुर्‍याउनेलाई पुरस्कार, कदरपत्र र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १ : ३८ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व