विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै « Khabarhub

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले ‘अलोका द पिस डग’ नामले विश्वभर परिचित बनेको छ। बौद्ध भिक्षुसँगको यात्रापछि उसको जीवन पूर्ण रूपमा बदलिएको हो।

बौद्ध भिक्षुहरू पैदल यात्रामा निस्किएका बेला अनायासै उनीहरूको यात्रामा सामेल भएको उक्त कुकुरलाई पछि ‘अलोका’ नाम दिइएको थियो। त्यसपछि अलोका भिक्षुहरूसँगै भारत हुँदै अमेरिकासम्मको अन्तर्राष्ट्रिय शान्ति यात्रामा सहभागी भयो।

उक्त कुकुरले पछि अमेरिकामा २,३०० माइल लामो पैदल यात्रामा समेत सहभागिता जनाएको थियो । जसपछि यसको लोकप्रियता झनै बढेको थियो ।

यात्राका क्रममा उसले विश्वभर ध्यान आकर्षित गर्दै ‘पीस डग’ (शान्तिको कुकुर) को रूपमा पहिचान बनाएको हो। अहिले अलोका श्रीलंका र भारतको यात्रापछि नेपाल आइपुगेको छ।

बुद्ध एयरले सामाजिक सञ्जालमार्फत अलोकालाई नेपालमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरेको छ।

एयरलाइन्सले भिक्षु थिच मिन्ह तुए र उनको शान्ति यात्रामा सहभागी अलोका तथा टोलीलाई भैरहवा–काठमाडौं उडानमार्फत स्वागत गरिएको जनाएको छ।

बुद्ध एयरले लेखेको छ, ‘हजारौँ किलोमिटर लामो शान्ति यात्रामा निस्कनुभएका भिक्षु थिच मिन्ह तुए र उहाँको टोलीलाई नेपालमा स्वागत गर्न पाउँदा हामी हर्षित छौँ।’

अलोका अहिले धार्मिक र शान्ति यात्राको प्रतीकका रूपमा अन्तर्राष्ट्रिय रूपमा परिचित बन्दै गएको छ। यात्रा क्रममा उसले प्राप्त गरेको लोकप्रियताले सामाजिक सञ्जालमा पनि ठूलो चर्चा पाएको छ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  २ : ०२ बजे

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले

भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

भोजपुर– भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् ।

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको