अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै  « Khabarhub

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कैलाश–मानसरोवर पहिलो पटक योग अभ्यास कार्यक्रम गर्ने भएको छ । 

समाजले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा समाजका अध्यक्ष योगी आचार्य राजन शर्माले नेपाललाई योगको पवित्र जन्मभूमि नेपालबाट शान्ति, ध्यान र प्रेमको दिव्य प्रकाश सबै विश्वमा फैलिन्छ भन्ने सन्देश सहित कैलाश–मानसरोवर पहिलो पटक योग अभ्यास कार्यक्रम गर्ने जानकारी दिए । 
 
उनले कैलाश–मानसरोवर क्षेत्रमा अन्तर्राष्ट्रिय योग दिवस मनाउनाको मुख्य उद्देश्य नेपाललाई योगगुरुको देश बनाउने र यसका प्राचीन योग, तपस्था, ध्यान तथा आध्यात्मिक सभ्यतालाई विश्वमाझ चिनाउनु रहेको समेत बताए । योग दिवस मनाउन यही असार ३ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ  । 

योग दिवसका दिन असार ७ गते कैलाश–मानसरोवरमा नै सामूहिक रुपमा योग र ध्यान गरेर मनाइने उनले बताए  । 

‘भगवान् शिवको तपोभूमि मानिने कैलाश–मानसरोवर क्षेत्रमा नेपाल र नेपाली समुदायका तर्फबाट अन्तर्राष्ट्रियस्तरको योग तथा आध्यात्मिक चेतना कार्यक्रम आयोजना हुनु सबै नेपालीका लागि खुसीको विषय हो,’ उनले भने  ‘कैलाश–मानसरोवरको पावन उचाइ र हिमालयको मौन सौन्दर्यमा योग केवल अभ्यास मात्र नभई आत्माको गहिरो जागरण र जीवनलाई शान्तिको बाटातर्फ लैजाने पवित्र साधन बन्छ भन्ने हाम्रो विश्वास छ ।’

कार्यक्रमले नेपाल, भारतसहित विश्वभरका योगी, ध्यान साधक, योग शिक्षक, तपस्वी, अनुसन्धानकर्ता, आध्यात्मिक अभियानकर्मीलगायत सय जनाभन्दा बढीको सहभागिता हुने उनको भनाई छ । 

कैलाश–मानसरोवर मनाइने दिवसले नेपालको योग, ऋषि तथा आध्यात्मिक परम्परालाई विश्वमाझ उजागर गर्ने बताए । समाजका नेपालसहित भारत, कतार, इजरायल, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत ४७ देशमा शाखा तथा साधना केन्द्र छन् । 
    
कैलाश मानसरोवरमा हुने यस अन्तर्राष्ट्रिय योग यात्रा तथा साधनाबाट नेपालको आध्यात्मिक पहिचान, सांस्कृतिक कूटनीति, योग पर्यटन, अन्तर्राष्ट्रिय प्रतिष्ठा तथा युवा पुस्तामा सकारात्मक चेतना विस्तार गर्ने अपेक्षासमेत लिइएको छ । 

अभियानले नेपाललाई ‘योग र ध्यानको उद्गमस्थल’ भन्ने सन्देशलाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन सहयोग पुग्नाका साथै विश्वका विभिन्न देशका साधकहरूको सहभागिताले नेपाललाई अन्तर्राष्ट्रिय योग केन्द्रका रूपमा चिनाउन मद्दत गर्ने बताए ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ४ : ३५ बजे

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

रवि लामिछानेले चाहे दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली

काठमाडौं- जेन-जी आन्दोलनपछि सरिताश्री ज्ञवालीलाई सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र