२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स « Khabarhub

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४ वर्षअघि को त्यो भिडन्त सम्झनै पर्ने हुन्छ । 

जतिबेला उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई उद्‌घाटन खेलमा सेनेगलले १–० को नतिजामा स्तब्ध पारेको थियो । यी दुई मंगलबार मध्यराति नेपाली समयअनुसार १२ः४५ बजे समूह ‘आइ’को पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

स्पेनसँगै यसपाली उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको फ्रान्स आफ्नो मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पलाई राम्रो फेरवेल दिन चाहन्छ ।

डेस्च्याम्प अर्थात खेलाडी र मुख्य प्रशिक्षक दुबै भूमिकामा विश्वकप चुम्ने एक मात्र जीवित व्यक्ति । डेस्च्याम्पले विश्वकपपछि आफ्नो ‘हटसिट’ अर्का पूर्व कप्तान जिनेदिन जिदानलाई छड्दैछन् । त्यसैले अमेरिका विश्वकपमा उनीसँग सर्वकालिन महान प्रशिक्षक बन्ने अवसर हुनेछ ।

अमेरिकामा एक त डेस्च्याम्पलाई दोस्रो विश्वकप चुम्ने अवसर छ । अर्को उनले सबैभन्दा धेरै विश्वकप खेल जित्ने प्रशिक्षक बन्ने मौका पनि छ । यदि फ्रान्सले समूह चरणका तीनवटै खेलमा विजयी हासिल गर्ने हो भने डेस्च्याम्पले जर्मन प्रशिक्षक हेल्मुट शोनको १६ खेलको कीर्तिमानलाई भंग गर्नेछन् ।

छनोट प्रतियोगितामा फ्रान्सले मात्र दुई अंक गुमाएको थियो । फ्रान्सको यो लगातार आठौं विश्वकप सहभागिता हो । पछिल्ला सातमध्ये चार संस्करणमा टोलीले फाइनल खेलेको छ । २१औं शताब्दीकै सबैभन्दा धेरै विश्वकप फाइनल खेल्ने टोली हो फ्रान्स ।

विश्वकपअघिको मैत्रीपूर्ण खेलमा आइभोरी कोस्टसँग २–१ को पराजय बेहोरेपछि स्टार खेलाडीले भरिएको फ्रान्समाथि प्रश्न उठ्न सुरु भएको थियो । तर, अमेरिका प्रस्थान गर्नुअघि फ्रान्सले नर्दन आयरल्यान्डमाथि ३–१ को जित हासिल गर्दै आफूहरु यसपाली पनि विश्वकप जित्न तयार रहेको स्टेटमेन्ट दियो ।

सेनेगलले पनि छनोट प्रतियोगितामा एक खेल पनि हारेन । अमेरिका विश्वकप सेनेगलको लगातार तेस्रो अनुभव हो । सन् २०२२ मा टोलीले अन्तिम १६ सम्मको यात्रा गरेको थियो । रसिया २०१८ मा भने टोली समूह चरणबाटै बाहिरिएको थियो ।

दि लायन्स अफ टेरंगाका रुपमा परिचित सेनगेल अफ्रिकन कप अफ नेसन्स २०२१ को च्याम्पियन हो । अहिले त टोली अफ्रिकाकै सबैभन्दा बलियो टोलीमध्ये एक हो । टोलीले विश्वकपअघि पेरु र गाम्बियालाई हराउँदा अमेरिकासँग ३–२ ले पराजय बहोर्यो ।

अन्तिम वार्म अप खेलमा सेनेगलले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्यो । साउदी विरुद्ध सेनेगलले १७ खेलपछि पहिलोपटक बललाई जाली चुमाउन नसकेको हो । यद्यपि पछिल्ला सातमध्ये पाँच खेलमा सेनेगलले क्लिन सिट राखेको छ ।

मुख्य प्रशिक्षक पेप थियाह २४ वर्षअघि सेनेगलले फ्रान्सलाई हराउँदाका सदस्य थिए । तर, त्यतिबेला उनले प्लेइङ मिनेट्स भने पाएका थिएनन् ।

फ्रान्सका रक्षक विलियम सालिबा ढाडको चोटबाट मुक्त हुँदै पूर्ण प्रशिक्षणमा फर्किसकेका छन् । युल्स कुन्डे पनि ‘माइनर’ मांशपेशी समस्याका बावजुद फिट देखिएका छन् । गोलकिपर माइक मैगननले पनि प्रशिक्षकण सत्रको एक दिन गुमाएका थिए । अहिले उनी पनि पूर्ण रुपमा फिट रहेको बताइएको छ ।

स्टार खेलाडी तथा कप्तान किलियन एमबाप्पेले राष्ट्रिय टोलीबाट ५६ गोल गरेका छन् । दुई गोलपछि उनले अहिलेका उच्च गोलकर्ता ओलिभिय जिरुडलाई उछिन्नेछन् ।

सेनेगलको हकमा स्टार फरवार्ड साडियो माने पूर्ण रुपमा फिट छन् । मानेले इन्जुरीका कारण कतार विश्वकप गुमाएका थिए । असाने डियाओ, चेरिफ एनडियाये र इद्रिसा गुएयेलाई सामान्य फिटनेस समस्याहरु छन् । तर, उनीहरु खेलका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।

समूह ‘आइ’को अर्को खेलमा बुधबार बिहान नर्वे र इराक भिड्नेछन् ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ५ : ३३ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,