स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै « Khabarhub

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण खेलमा आज स्पेन र केप भर्डे आमनेसामने हुँदै छन् । खेल नेपाली समयअनुसार राति ९ः४५ बजे अमेरिकाको एटलान्टा रंगशालामा सुरु हुनेछ ।

विश्व उपाधिका प्रमुख दाबेदारमध्ये एक मानिएको स्पेन आफ्नो पहिलो खेलमा जितसहित प्रतियोगिताको बलियो सुरुवात गर्ने लक्ष्यमा छ। स्पेन सन् २०१० को विश्वविजेता टोली हो। तर पछिल्ला संस्करणहरूमा उनीहरू अपेक्षित सफलता हासिल गर्न सकेका छैनन्—२०१४ मा समूह चरणमै बाहिरिएका थिए भने २०१८ र २०२२ मा अन्तिम १६ मा रोकिएका थिए।

पहिलो खेलमा स्पेनका युवा खेलाडी लमिन यामाललाई प्रशिक्षकले सुरुवातमा बेञ्चमा राख्ने निर्णय गरेका छन् । आफ्नो पहिलो विश्वकपका लागि पूर्ण रूपमा फिट भएपनि प्रशिक्षक लुइस दे ला फुएन्टेले उनलाई सुरुवाती ११ मा नखेलाई खेलको परिस्थितिअनुसार बेन्चबाट प्रयोग गर्न सक्ने संकेत दिएका हुन् ।

यामाल लामो समयदेखि चोटका कारण मैदान बाहिर रहेका थिए । अप्रिलयता उनले ग्रोइन र ह्यामस्ट्रिङ समस्याका कारण कुनै पनि खेल खेलेका थिएनन् र हालैका मैत्रीपूर्ण खेलहरू पनि गुमाएका थिए ।

तर प्रशिक्षक दे ला फुएन्टेले उनको फिटनेसबारे सकारात्मक प्रतिक्रिया दिँदै भने, ‘खुसीको कुरा के हो भने लमिन पूर्ण रूपमा फिट छन्। उनी राम्रो प्रशिक्षण गरिरहेका छन् र टोलीका अन्य घाइते खेलाडीहरू पनि ठीक अवस्थामा छन्।’

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ९ : ३३ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।