स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै « Khabarhub

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण खेलमा आज स्पेन र केप भर्डे आमनेसामने हुँदै छन् । खेल नेपाली समयअनुसार राति ९ः४५ बजे अमेरिकाको एटलान्टा रंगशालामा सुरु हुनेछ ।

विश्व उपाधिका प्रमुख दाबेदारमध्ये एक मानिएको स्पेन आफ्नो पहिलो खेलमा जितसहित प्रतियोगिताको बलियो सुरुवात गर्ने लक्ष्यमा छ। स्पेन सन् २०१० को विश्वविजेता टोली हो। तर पछिल्ला संस्करणहरूमा उनीहरू अपेक्षित सफलता हासिल गर्न सकेका छैनन्—२०१४ मा समूह चरणमै बाहिरिएका थिए भने २०१८ र २०२२ मा अन्तिम १६ मा रोकिएका थिए।

पहिलो खेलमा स्पेनका युवा खेलाडी लमिन यामाललाई प्रशिक्षकले सुरुवातमा बेञ्चमा राख्ने निर्णय गरेका छन् । आफ्नो पहिलो विश्वकपका लागि पूर्ण रूपमा फिट भएपनि प्रशिक्षक लुइस दे ला फुएन्टेले उनलाई सुरुवाती ११ मा नखेलाई खेलको परिस्थितिअनुसार बेन्चबाट प्रयोग गर्न सक्ने संकेत दिएका हुन् ।

यामाल लामो समयदेखि चोटका कारण मैदान बाहिर रहेका थिए । अप्रिलयता उनले ग्रोइन र ह्यामस्ट्रिङ समस्याका कारण कुनै पनि खेल खेलेका थिएनन् र हालैका मैत्रीपूर्ण खेलहरू पनि गुमाएका थिए ।

तर प्रशिक्षक दे ला फुएन्टेले उनको फिटनेसबारे सकारात्मक प्रतिक्रिया दिँदै भने, ‘खुसीको कुरा के हो भने लमिन पूर्ण रूपमा फिट छन्। उनी राम्रो प्रशिक्षण गरिरहेका छन् र टोलीका अन्य घाइते खेलाडीहरू पनि ठीक अवस्थामा छन्।’

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ९ : ३३ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण