विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन « Khabarhub

फिफा विश्वकप

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको छ ।

अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भएको खेलमा स्पेनले सम्पूर्ण खेलभर दबदबा बनाए पनि गोल गर्न असफल रह्यो । खेलमा स्पेनले ७४ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राख्दै केप भर्डेको पोस्टमा निरन्तर आक्रमण गरेको थियो ।

तर केप भर्डेका गोलकिपर भोजिन्हा खेलका सबैभन्दा ठूलो नायक बने । उनले स्पेनका ८ वटा सट अन टार्गेटसहित दर्जनौँ खतरनाक प्रहारहरू उत्कृष्ट सेभ गर्दै आफ्नो टोलीलाई ऐतिहासिक बराबरी दिलाए ।

सन् २०१० को विश्वच्याम्पियन स्पेनले पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेमाथि जित निकाल्ने अपेक्षा गरिए पनि निर्णायक गोल गर्न सकेन । खेलमा स्पेनले आफ्नो स्टार खेलाडी लामिन यामाल र निको विलियम्सलाई समेत मैदानमा उतारे पनि नतिजा बदल्न सकेन ।

फिफा वरियतामा तेस्रो स्थानमा रहेको स्पेन ६४औँ स्थानमा रहेको केप भर्डेसँग अंक बाँड्न बाध्य भयो ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ११ : ५५ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।