विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन « Khabarhub

फिफा विश्वकप

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको छ ।

अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भएको खेलमा स्पेनले सम्पूर्ण खेलभर दबदबा बनाए पनि गोल गर्न असफल रह्यो । खेलमा स्पेनले ७४ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राख्दै केप भर्डेको पोस्टमा निरन्तर आक्रमण गरेको थियो ।

तर केप भर्डेका गोलकिपर भोजिन्हा खेलका सबैभन्दा ठूलो नायक बने । उनले स्पेनका ८ वटा सट अन टार्गेटसहित दर्जनौँ खतरनाक प्रहारहरू उत्कृष्ट सेभ गर्दै आफ्नो टोलीलाई ऐतिहासिक बराबरी दिलाए ।

सन् २०१० को विश्वच्याम्पियन स्पेनले पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेमाथि जित निकाल्ने अपेक्षा गरिए पनि निर्णायक गोल गर्न सकेन । खेलमा स्पेनले आफ्नो स्टार खेलाडी लामिन यामाल र निको विलियम्सलाई समेत मैदानमा उतारे पनि नतिजा बदल्न सकेन ।

फिफा वरियतामा तेस्रो स्थानमा रहेको स्पेन ६४औँ स्थानमा रहेको केप भर्डेसँग अंक बाँड्न बाध्य भयो ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  ११ : ५५ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण