फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा « Khabarhub

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

अमेरिकाको डलासमा भएको खेलमा सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको स्पेनले प्रतियोगिताको उपाधि दाबेदार मानिएको फ्रान्सलाई खेलभर दबाबमा राख्यो।

स्पेनले बल नियन्त्रण, पासिङ र आक्रमण तीनै पक्षमा फ्रान्सलाई पछि पार्दै प्रभावशाली जित दर्ता गर्‍यो।

स्पेनका लागि पहिलो गोल मिकेल ओयारजाबालले पेनाल्टीमार्फत गरे। त्यसपछि ५८औं मिनेटमा पेड्रो पोरोले डानी ओल्मोसँगको उत्कृष्ट ‘वान-टु’ पासपछि आकर्षक फिनिस गर्दै टोलीको अग्रता दोब्बर बनाए।

डानी ओल्मो खेलका उत्कृष्ट खेलाडीमध्ये एक रहे। उनले ३० पासमध्ये केवल एक पास मात्र गलत गरे, जसका कारण उनको पास सफलताको दर ९६.७ प्रतिशत रह्यो।

उनले दुईवटा गोल गर्ने अवसर सिर्जना गर्नुका साथै पोरोको गोलका लागि निर्णायक असिस्ट पनि प्रदान गरे।

यो जितसँगै सन् २०१० को विश्वविजेता तथा वर्तमान युरोपियन च्याम्पियन स्पेन दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको छ।

अब स्पेनले आइतबार हुने फाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

यता फ्रान्सका प्रशिक्षक डिडिएर डेसाँका लागि भने यो हार निराशाजनक बनेको छ।

तेस्रो पटक विश्वकप उपाधि जिताउने अपेक्षाका बीच फ्रान्स सेमिफाइनलबाटै बाहिरिएको हो। अब फ्रान्सले शनिबार हुने तेस्रो स्थानका लागि हुने खेल खेल्नेछ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  २ : ५४ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन