फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने « Khabarhub

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले आफ्नो पद छाड्ने भएका छन् । जारी फिफा विश्वकप २०२६ अन्तर्गत यसै साता हुने तेस्रो स्थानको प्ले-अफ खेल फ्रान्सको प्रशिक्षकका रूपमा उनको अन्तिम खेल हुनेछ ।

विख्यात फुटबल पत्रकार फ्याब्रिजियो रोमानोका अनुसार डेसच्याम्प्सको बहिर्गमनसँगै फ्रान्सको नयाँ मुख्य प्रशिक्षकमा लिजेन्ड खेलाडी जिनेदिन जिदान आउने निश्चित भएको छ । रोमानोले जिदानको आगमनलाई आफ्नो चर्चित थेगो ‘हियर वी गो’ मार्फत पुष्टि गरेका छन् ।

डेसच्याम्प्सको नेतृत्वमा फ्रान्सले फुटबल इतिहासमा निकै सुनौलो अध्याय रचेको छ । उनको प्रशिक्षणमा फ्रान्सले सन् २०१८ को विश्वकप उपाधि जितेको थियो भने २०२२ को विश्वकपमा फाइनल तथा जारी २०२६ को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । यो सेमिफाइनल पराजयसँगै फ्रान्सेली टोलीसँगको उनको लामो र सफल यात्रामा पूर्णविराम लाग्न लागेको हो ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ७ : २१ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन