फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने « Khabarhub

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले आफ्नो पद छाड्ने भएका छन् । जारी फिफा विश्वकप २०२६ अन्तर्गत यसै साता हुने तेस्रो स्थानको प्ले-अफ खेल फ्रान्सको प्रशिक्षकका रूपमा उनको अन्तिम खेल हुनेछ ।

विख्यात फुटबल पत्रकार फ्याब्रिजियो रोमानोका अनुसार डेसच्याम्प्सको बहिर्गमनसँगै फ्रान्सको नयाँ मुख्य प्रशिक्षकमा लिजेन्ड खेलाडी जिनेदिन जिदान आउने निश्चित भएको छ । रोमानोले जिदानको आगमनलाई आफ्नो चर्चित थेगो ‘हियर वी गो’ मार्फत पुष्टि गरेका छन् ।

डेसच्याम्प्सको नेतृत्वमा फ्रान्सले फुटबल इतिहासमा निकै सुनौलो अध्याय रचेको छ । उनको प्रशिक्षणमा फ्रान्सले सन् २०१८ को विश्वकप उपाधि जितेको थियो भने २०२२ को विश्वकपमा फाइनल तथा जारी २०२६ को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । यो सेमिफाइनल पराजयसँगै फ्रान्सेली टोलीसँगको उनको लामो र सफल यात्रामा पूर्णविराम लाग्न लागेको हो ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ७ : २१ बजे

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच