इरानलाई ट्रम्पको धम्की- वार्तामा नआए पुल र विद्युत् केन्द्रमा आक्रमण गर्ने  « Khabarhub

इरानलाई ट्रम्पको धम्की- वार्तामा नआए पुल र विद्युत् केन्द्रमा आक्रमण गर्ने 


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा फर्किन तयार नभए अर्को सातादेखि इरानका पुल र विद्युत् उत्पादन केन्द्रमा आक्रमण गर्ने चेतावनी दिएका छन्।

फक्स न्युजसँगको एक अन्तर्वार्तामा ट्रम्पले भने, ‘यदि उनीहरू वार्ताको टेबलमा आएनन् भने अर्को साता अवस्था उनीहरूका लागि निकै खराब हुनेछ। हामी उनीहरूका सबै विद्युत् केन्द्र र पुलहरू ध्वस्त पार्नेछौं’ ।

यो अभिव्यक्ति अमेरिका र इरानबीच लगातार चौथो दिनसम्म आक्रमण र प्रतिआक्रमण जारी रहेका बेला आएको हो। ट्रम्पले यसअघि हर्मुज जलमार्ग हुँदै हुने मालवाहक जहाजमा २० प्रतिशत शुल्क लगाउने घोषणा फिर्ता लिए पनि इरानी बन्दरगाहमाथिको नौसैनिक नाकाबन्दी भने जारी राखेका छन्।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले हर्मुज जलमार्ग आसपासका इरानी सैन्य संरचनामाथि दर्जनौं आक्रमण गरी व्यापारिक जहाजलाई लक्षित हुने खतरा कम गर्ने उद्देश्य रहेको जनाएको छ। इरानका अनुसार दक्षिणपूर्वी बामपुरस्थित सैन्य अड्डामाथिको अमेरिकी आक्रमणमा कम्तीमा सात सैनिक मारिएका छन्।

यसैबीच, इरानले जोर्डन, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा मिसाइल र ड्रोन प्रहार गरेको दाबी गरेको छ। कुवेत र बहराइनले भने आफ्ना हवाई प्रतिरक्षा प्रणालीले अधिकांश आक्रमण निष्क्रिय पारेको बताएका छन्।

सेन्टकमले इरानले सात वटा व्यापारिक जहाजलाई लक्षित गरी आक्रमण गर्दा करिब एक दर्जन नागरिक चालकदलका सदस्य मारिएको, घाइते भएको वा बेपत्ता भएको आरोप पनि लगाएको छ। 

संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना दुई तेल ट्याङ्करमा इरानी क्रुज मिसाइल प्रहार हुँदा एक भारतीय चालकदल सदस्यको मृत्यु भएको र आठ जना घाइते भएको जनाएको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले ती ट्याङ्करले चेतावनी बेवास्ता गरेको र नेभिगेसन प्रणाली बन्द गरेर बारुद बिछ्याइएको मार्ग प्रयोग गर्न खोजेकाले कारबाही गरिएको दाबी गरेको छ।

हर्मुज जलमार्गमा तनाव बढेसँगै तेल ढुवानी गर्ने जहाजहरूको आवतजावत उल्लेख्य रूपमा घटेको छ भने अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि उकालो लागेको छ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ३ : ४६ बजे

आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माणको वर्ष घोषणा गर्दै सरकार

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षलाई कानुन सुधार र निर्माण वर्ष

इन्टर्न चिकित्सकका जायज माग तत्काल सम्बोधन गर्न संघको आग्रह

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले एमबीबीएस तथा बीडीएस अध्ययनरत

एकैदिन विपद्का ७१ घटना, दुई जनाको मृत्यु, दुई बेपत्ता 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा विपद्सम्बन्धी ७१ वटा घटना भएका

राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते 

काठमाडौं– राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको

सरकारले माग पुरा नगरे अनिश्चितकालीन आन्दोलनमा जाने शैक्षिक परामर्श व्यवसायीको घोषणा

काठमाडौं– शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा