विद्यार्थी नेताहरूको गिरफ्तारीप्रति एमालेको आपत्ति, तत्काल रिहा गर्न माग « Khabarhub

विद्यार्थी नेताहरूको गिरफ्तारीप्रति एमालेको आपत्ति, तत्काल रिहा गर्न माग


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी दल नेकपा (एमाले)ले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सातजना विद्यार्थी नेताको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ । उसले ती विद्यार्थीलाई तत्काल बिनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ।

एमालेले मुलुकमा बढ्दो मूल्यवृद्धि, सुकुम्बासीमाथिको अत्याचार र राज्य दमनविरुद्ध सिंहदरबार दक्षिण गेटअघि शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीमाथि सरकारले बल प्रयोग गरी पक्राउ गरेको भन्दै निन्दा गरेको छ।

पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यले सांकेतिक विरोध प्रदर्शनका क्रममा अनेरास्ववियु अध्यक्ष दीपक धामीसहित जित सिटौला, सुदीप थापा, विशाल खड्का, रवि मगर, विष्णु उपरकोटी र शिरीष बुढाथोकीलाई प्रहरीले पक्राउ गरिएको बताए।

एमालेले सरकारले राजधानीका सञ्चारगृह, राजनीतिक नेता तथा व्यवसायीका निवास र कार्यालय अगाडि सवारीसाधन पार्किङ गराएर अवरोध सिर्जना गरेको आरोप पनि लगाएको छ।

वक्तव्यमा आचार्यले नागरिकको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको दाबी गरेका छन्।

सरकारको कदमलाई लोकतन्त्र र मानव अधिकारविपरीत भएको वक्तव्यमा उल्लेख गरिएको छ। यसका साथै, पक्राउ परेका सातै विद्यार्थी नेतालाई तत्काल र ससम्मान रिहा गर्न सरकारसँग एमालेले माग गरेको छ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ५ : ०९ बजे

रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा