विद्यार्थी नेताहरूको गिरफ्तारीप्रति एमालेको आपत्ति, तत्काल रिहा गर्न माग « Khabarhub

विद्यार्थी नेताहरूको गिरफ्तारीप्रति एमालेको आपत्ति, तत्काल रिहा गर्न माग


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी दल नेकपा (एमाले)ले अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित सातजना विद्यार्थी नेताको गिरफ्तारीप्रति गम्भीर आपत्ति जनाएको छ । उसले ती विद्यार्थीलाई तत्काल बिनासर्त रिहा गर्न सरकारसँग माग गरेको छ।

एमालेले मुलुकमा बढ्दो मूल्यवृद्धि, सुकुम्बासीमाथिको अत्याचार र राज्य दमनविरुद्ध सिंहदरबार दक्षिण गेटअघि शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीमाथि सरकारले बल प्रयोग गरी पक्राउ गरेको भन्दै निन्दा गरेको छ।

पार्टीका प्रचार विभाग प्रमुख निरज आचार्यले सांकेतिक विरोध प्रदर्शनका क्रममा अनेरास्ववियु अध्यक्ष दीपक धामीसहित जित सिटौला, सुदीप थापा, विशाल खड्का, रवि मगर, विष्णु उपरकोटी र शिरीष बुढाथोकीलाई प्रहरीले पक्राउ गरिएको बताए।

एमालेले सरकारले राजधानीका सञ्चारगृह, राजनीतिक नेता तथा व्यवसायीका निवास र कार्यालय अगाडि सवारीसाधन पार्किङ गराएर अवरोध सिर्जना गरेको आरोप पनि लगाएको छ।

वक्तव्यमा आचार्यले नागरिकको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारमाथि हस्तक्षेप भएको दाबी गरेका छन्।

सरकारको कदमलाई लोकतन्त्र र मानव अधिकारविपरीत भएको वक्तव्यमा उल्लेख गरिएको छ। यसका साथै, पक्राउ परेका सातै विद्यार्थी नेतालाई तत्काल र ससम्मान रिहा गर्न सरकारसँग एमालेले माग गरेको छ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ५ : ०९ बजे

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया

क्यानडाको सैन्य आधार शिविरमा भीषण आगलागी : ४ सैनिकको मृत्यु, ३९ जना घाइते

ओटावा – क्यानडाको अल्बर्टा प्रान्तस्थित एक सैन्य आधार शिविर (मिलिटरी