गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ « Khabarhub

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने भएको छ ।  

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले गरेका धेरै राम्रा र जनपक्षीय कामहरूको जानकारी जनतालाई हुन नसकेको भन्दै पार्टीका सांसदहरू आफ्नो क्षेत्रमा गएर सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने तयारी भएको जानकारी दिएका हुन् ।

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले निर्वाचन क्षेत्रमा जानुअघि संसदीय दलमा सभापति, प्रधानमन्त्री तथा संसदीय दलका नेतासहित बसेर थप छलफल गरिने बताए । 

सरकारले काम नै नगरेको हो कि भन्ने भ्रम वा भाष्य निर्माण गर्न केही तत्त्वहरू तत्पर देखिएको भन्दै उनले पार्टीले त्यसलाई चिर्दै अघि बढ्ने उल्लेख गरे ।

सुशासन र जनपक्षीय काममा सरकारले धेरै ठुलो प्रगति गरेकाले त्यसलाई जनतामाझ पुर्‍याउन आवश्यक रहेको उनको भनाइ छ ।  

त्यस्तै पराजुलीले आगामी दिनमा संसद्लाई प्रभावकारी रूपमा अगाडि बढाउने र सांसदहरूलाई सशक्तीकरण गर्ने भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको जानकारी दिए । 

उनले आगामी दिनमा सबै पक्षसँग सहकार्य र संवाद गर्दै सबैको सहभागितामा जनपक्षीय कानुनहरू बनाउन सरकार र पार्टी दृढ रूपमा लागिपर्ने पनि बताए । 

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ५ : ४९ बजे

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान