गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ « Khabarhub

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने भएको छ ।  

रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले गरेका धेरै राम्रा र जनपक्षीय कामहरूको जानकारी जनतालाई हुन नसकेको भन्दै पार्टीका सांसदहरू आफ्नो क्षेत्रमा गएर सरकारले गरेका कामबारेमा जनतालाई जानकारी गराउने तयारी भएको जानकारी दिएका हुन् ।

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले निर्वाचन क्षेत्रमा जानुअघि संसदीय दलमा सभापति, प्रधानमन्त्री तथा संसदीय दलका नेतासहित बसेर थप छलफल गरिने बताए । 

सरकारले काम नै नगरेको हो कि भन्ने भ्रम वा भाष्य निर्माण गर्न केही तत्त्वहरू तत्पर देखिएको भन्दै उनले पार्टीले त्यसलाई चिर्दै अघि बढ्ने उल्लेख गरे ।

सुशासन र जनपक्षीय काममा सरकारले धेरै ठुलो प्रगति गरेकाले त्यसलाई जनतामाझ पुर्‍याउन आवश्यक रहेको उनको भनाइ छ ।  

त्यस्तै पराजुलीले आगामी दिनमा संसद्लाई प्रभावकारी रूपमा अगाडि बढाउने र सांसदहरूलाई सशक्तीकरण गर्ने भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल भएको जानकारी दिए । 

उनले आगामी दिनमा सबै पक्षसँग सहकार्य र संवाद गर्दै सबैको सहभागितामा जनपक्षीय कानुनहरू बनाउन सरकार र पार्टी दृढ रूपमा लागिपर्ने पनि बताए । 

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ५ : ४९ बजे

झापाबाट काठमाडौँ आउँदै गरेको हायस दुर्घटना : तीन जना घाइते

काठमाडाैँ –बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना

फ्रान्समा हिंसात्मक प्रदर्शन : शान्ति कायम गर्न राष्ट्रपति म्याक्रोको आह्वान

पेरिस – महँगी, इन्धनको मूल्यवृद्धि र खस्कँदो सार्वजनिक सेवाको विरोधमा

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा