इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन « Khabarhub

इङ्ग्ल्यान्ड-अर्जेन्टिना सेमिफाइनल प्रतिस्पर्धा ‘उच्च जोखिम’को, खेल नहुँदै फकल्याण्ड द्वीपसम्बन्धी झण्डा प्रदर्शन


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकपअन्तर्गत इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने सेमिफाइनल खेललाई प्रतियोगिताकै ‘उच्च जोखिम’ (हाइएस्ट रिस्क) खेलका रूपमा वर्गीकरण गरिएको छ।

दुवै देशबीचको ऐतिहासिक प्रतिस्पर्धा र समर्थकबीच सम्भावित झडपको जोखिमलाई ध्यानमा राख्दै अमेरिकाको एटलान्टामा कडा सुरक्षा व्यवस्था अपनाइएको हो।

अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई), फिफा र एटलान्टा प्रहरीबीच भएको सुरक्षा बैठकपछि खेलका लागि विशेष सुरक्षा योजना लागू गरिएको हो।

अधिकारीहरूले समर्थकबीच कुनै अप्रिय घटना हुन नदिन छुट्टाछुट्टै प्रवेशद्वार, अतिरिक्त सुरक्षाकर्मी र खेलस्थल वरपर कडा निगरानीको व्यवस्था गरेका छन्।

डेली मेलका अनुसार अर्जेन्टिनाका केही समर्थकले एटलान्टामा फकल्याण्ड (माल्भिनास) द्वीपसम्बन्धी झन्डा प्रदर्शन गर्दै इङ्ग्ल्यान्ड समर्थकलाई चुनौतीपूर्ण सन्देश दिएका छन्।

सन् १९८२ को फकल्याण्ड युद्धका कारण दुई देशबीचको ऐतिहासिक तनाव फुटबल मैदानबाहिर पनि देखिन सक्ने चिन्ताले सुरक्षा सतर्कता बढाइएको हो।

खेल हेर्न एटलान्टामा दुवै देशका करिब ३०–३० हजार समर्थक पुग्ने अनुमान गरिएको छ। यद्यपि, टोलीका प्रशिक्षक र खेलाडीहरूले समर्थकलाई यो खेललाई केवल फुटबलका रूपमा लिन र शान्तिपूर्ण वातावरण कायम राख्न आग्रह गरेका छन्।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ५ : ४१ बजे

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि