विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’ « Khabarhub

विश्वकप सेमिफाइनलअघि अर्जेन्टिनी उपराष्ट्रपतिको टिप्पणी, ‘इङ्ग्ल्यान्ड भूमि कब्जा गर्ने समुद्री डाका’


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग हुने खेलअघि अर्जेन्टिनाकी उपराष्ट्रपति भिक्टोरिया भिल्लारुएलले इङ्ग्ल्यान्डलाई ‘आक्रमणकारी’ र ‘भूमि कब्जा गर्ने समुद्री डाकु’को संज्ञा दिएकी छन्।

बुधबार अमेरिकाको एटलान्टामा हुने सेमिफाइनल खेलअघि सामाजिक सञ्जाल एक्समा उनले इङ्ग्ल्यान्डविरुद्धको खेल केवल फुटबल नभई राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषय भएको उल्लेख गरेकी हुन्।

‘भोलि हामी हाम्रो भूमि कब्जा गर्ने समुद्री डाकुहरूसँग खेल्दैछौं। यो केवल अर्को खेल होइन। म राजनीतिक रूपमा सही बन्ने वा भावनाहीन हुने छैन’, उनले लेखेकी छन्, ‘इङ्ग्ल्यान्डविरुद्धको खेल सधैं विशेष हुन्छ। यो माल्भिनास (फकल्याण्ड टापु), डिएगो, लियोको अन्तिम विश्वकप र आक्रमणकारीलाई रोक्ने अवसर हो। अन्तिम सास रहुन्जेल हामी हाम्रो भूमि फिर्ता मागिरहनेछौं।’

अर्जेन्टिनाले फकल्याण्ड टापुलाई ‘माल्भिनास’ नामले चिन्ने गरेको छ। सन् १९८२ मा फकल्याण्ड टापुलाई लिएर अर्जेन्टिना र बेलायतबीच युद्ध भएको थियो।

सन् २०१३ मा भएको जनमतसंग्रहमा त्यहाँका अधिकांश बासिन्दाले बेलायतकै विदेशी भूभागका रूपमा रहन समर्थन गरेका थिए।

उपराष्ट्रपतिको अभिव्यक्तिपछि अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले खेल र राजनीतिलाई अलग राख्नुपर्ने बताएका छन्।

‘यो केवल फुटबल खेल हो। धेरै वर्षअघि भएको घटनाप्रति सम्मान व्यक्त गर्दै खेल र राजनीतिलाई मिसाउनु उचित हुँदैन’, खेलअघि आयोजित पत्रकार सम्मेलनमा स्कालोनीले भने, ‘त्यो हाम्रो इतिहासको दुःखद अध्याय थियो। युद्धको आलोचना गर्न सकिन्छ, तर त्यसलाई अहिलेको खेलसँग जोड्नु पागलपन हुनेछ।’

उनले युद्धमा ज्यान गुमाएकाहरूको सम्मान गर्नुपर्ने भए पनि वर्तमान पुस्ताका खेलाडीलाई दशकौंअघिको राजनीतिक विवादसँग जोड्नु उचित नहुने बताए।

इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीचको ऐतिहासिक प्रतिस्पर्धा तथा समर्थकबीच सम्भावित तनावलाई ध्यानमा राख्दै एटलान्टामा हुने सेमिफाइनल खेलका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  ७ : ५३ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा