दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ « Khabarhub

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ


३१ असार २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुई थान चोरीको स्कुटरसहित काठमाडौँ महानगरपालिका–९ तिलगङ्गाबाट काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई हाल भक्तपुरको सल्लाघारी बस्ने २१ वर्षीय आकाश तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ तामाङको साथबाट प्रदेश ३–०२–०११ प २८४६ नम्बरको अप्रिला कम्पनीको स्कुटर र बा.प्र–०२–०४३ प ८५४२ नम्बरको होण्डा डिओ स्कुटर बरामद गरेको जानकारी दिए ।

पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार  १० : ३८ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण