सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए « Khabarhub

सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ ।

ग्यास उद्योग र फरकफरक स्थानमा बिक्री केन्द्र तोकेर ग्यास बिक्री वितरण गरिँदा उपभोक्ताले अनावश्यक दुःख पाएको भन्दै महासङ्घले नजिकैको बिक्रेतामार्फत उपभोक्तालाई सहज रुपमा ग्यास पाउन व्यवस्था गर्न माग गरेको हो ।
 
‘बिक्रेतामार्फत बिक्री नगरी उद्योग र विभिन्न बिक्री केन्द्रमार्फत ग्यास बिक्री गर्ने निर्णयले यसको अभाव थप जटिल बन्दै गएको छ’, महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । 

महासङ्घले अहिले ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधानमा केन्द्रित हुन सरोकारवालाको ध्यानाकर्षणसमेत गराएको छ ।
 

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ४ : २१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५