चर्चाका रिल जोडी « Khabarhub

चर्चाका रिल जोडी


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा हेर्न चाहाना दर्शकमा पैदा भएका घटना टन्नै छन् ।

प्रायः लभस्टोरी फिल्मले यस्ता रिल जोडी दर्शकको प्रिय भन्छन् । अन्य जनराको फिल्ममा यसरी रिल जोडी दर्शकमाझ नोटिसमा पर्ने सम्भवान कम रहन्छ ।

अलि-अघिको समयमा राजेश हमाल र करिश्मा मानन्धरको जोडी दर्शकको प्रिय थियो । लभस्टोरी जनराका फिल्मबाट आर्यन सिग्देल र नम्रता श्रेष्ठको जोडी नोटिसमा पर्‍यो ।

रिल जोडीमा दर्शकको आकर्षण बढ्नु भनेको केमेस्ट्री मिलेको हो । उनीहरूलाई हेर्ने दर्शक आकर्षित छन् भन्ने सन्देश हो । कलाको दृष्टिकोणबाट हेर्दा ‘जोडीले पात्रहरूलाई न्याय गरे’ भन्ने नै हो ।

पछिल्लो समयको हिट फिल्म ‘गौँथली’ हो । यो फिल्ममा नायक अरुण क्षेत्री र नायिका सिम्रन खड्का छन् । उनीहरू डिमान्ड कस्तो रहन्छ ? त्यो हेर्न भने बाँकी छ ।

तथापि, अहिले पनि केही रिल जोडीले दर्शकको मन जित्न सफल छन् । मेकरहरूको डिमान्डमा रहन उनीहरू सफल छन् ।

दयाहाङ-मिरुना

नायक दयाहाङ राई र नायिका मिरुना मगरले चार वर्षको अन्तरमा आठ फिल्म गरेका छन् । अर्थात्, वर्षमा दुई वटा ।

उनीहरूको जोडी पहिलो फिल्म ‘कबड्डी ४’बाटै दर्शकको नोटिसमा परेको हो । यो फिल्म ब्ल्कबस्टर बन्यो । त्यस लगत्तै प्रदर्शनमा आएको अर्को ब्ल्कबस्टर फिल्म ‘जारी’ले यो जोडीको हाइप र डिमान्ड दुवै उच्च गर्‍यो ।

पछिल्लो समय एक साथ बढी फिल्म दिने रिल जोडी नै यही हो ।

‘दयाहाङ–मिरुनाको जोडी’ रहेको फिल्म ‘खास हुन्छ’ भन्ने दर्शममा विश्वास छ । आदिवासी समुदायको कथामा यो जोडी बढी फिट र लोकप्रिय छ ।

यो जोडीको अर्को हिट फिल्म ‘घरज्वाइँ’ पनि हो ।

विजय–अञ्जना

नायक विजय बराल र अञ्जना बराइली नेपाली फिल्म क्षेत्रको कीर्तिमानी जोडी हो ।

यो जोडी शीर्ष भूमिकामा रहेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा मात्रै ४७ करोडको व्यापार गरेको थियो ।

यो नै नेपाली फिल्म इतिहासको सबैभन्दा सफल फिल्म हो ।

यही फिल्म पश्चात यी दुईको डिमान्ड र चर्चा बढेको हो । तथापि, यी दुईले त्यसपछि अर्को फिल्म दर्शकलाई दिएका छैनन् ।

तर, उनीहरूले फिल्म ‘सिन्दुरे’को सुटिङ सकिसके । जसको निर्देशक पनि ‘पूर्णबहादुरको सारङ्गी’ कै हुन् ।

ब्ल्कबस्टर फिल्म दिएपछि यो जोडीलाई लिन मेकरहरू उत्साहित छन् । उनीहरूको व्यस्तताले संयोग मिलेको छैन ।

अनमोल–जसिता

युवा पुस्तामाझ लोकप्रिय रिल जोडी अनमोल केसी र जसिता गुरुङको हो ।

यो जोडी ‘वास्तवमै प्रेम सम्बन्धमा छन्’ भन्ने चर्चाले पनि चल्ने गर्छ । तर, जसिता अनमोलले दोहोर्‍याएर फिल्म गरेकी नायिकामा पर्छिन् ।

करिअरका सुरुवाती १० फिल्म गरिसक्दा पनि बक्स अफिसमा अनमोलको उपस्थिति मजबुत बनेन । तथापि, ५० लाख पारिश्रमिकको चर्चा पाउने उनी पहिलो हिरो बने ।

त्यसपछि करिअरको दोस्रो इनिङको घोषणा गरेका अनमोलले ११ औं र १२ औं फिल्म जसितासँग गरे ।

१२ औं फिल्म ‘जेरी अन टप’ सुपर हिट भयो । त्यसकारण पनि यो जोडीले चर्चा पायो ।

अनमोल आफैँमा डिमान्डेन्ड नायक हुन् । उनलाई जसितासँग पर्दामा हेर्न ठूलो रहर धेरै दर्शकले राखेको पाइन्छ ।

धिरज–उपासना

नायक धिरज मगर लुक्सका कारण डेब्यू फिल्म अगावै चर्चा पाउन सफल भाग्यमानी कलाकार हुन् ।

यता, उपासनासिंह ठकुरी पनि नायक अनमोल केसीको जोडी बनेर फिल्ममा डेब्यू गरेकी नायिका हुन् ।

अर्थात्, यी दुवै लुक्सका कारण चर्चामा पाउन सफल हुन् ।

सन् २०२४ मा यी दुईले फिल्म ‘खुस्मा’मा पहिलो सहकार्य गरे । सुटिङका दौरान उनीहरूले राखेको फोटोकै कारण ‘प्रेम सम्बन्धको र्‍युमर’ फैलियो ।

फिल्म बक्स अफिसमा सफल पनि भयो । त्यसपछि यो जोडीको चर्चा झन् बढ्यो ।

त्यही कारण– सन् २०२५ मा पनि यो जोडी अर्को फिल्म ‘माइतीघर’मा देखियो । यो बक्स अफिसमा सफल हुन सकेन ।

तर, सामाजिक सञ्जालमा यो रिल जोडीको प्रशंसा नै भएको पाइन्छ । फ्यानहरूले या जोडीलाई फेरि हेर्ने रहर राखेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ५ : ११ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५