नारायणी किनारमा प्रत्येक साँझ रक्तदान « Khabarhub

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै मानव सेवाको अभियान पनि चल्न थालेको छ। यहाँ हरेक साँझ सञ्चालन हुँदै आएको रक्तदान अभियानमार्फत नियमित रूपमा रगत सङ्कलन भइरहेको छ ।

नदी किनारमा रहेको चौतारीछेउ सानो पाल टाँगेर सञ्चालन गरिने अभियानमा स्वास्थ्य प्राविधिकले रक्तदाताको स्वास्थ्य परीक्षण गरी रगत सङ्कलन गर्दै आएका छन् । नारायणी किनारमा घुम्न आउने सर्वसाधारणसमेत स्वःस्फूर्त रूपमा रक्तदानमा सहभागी हुने गरेका छन् ।

‘मानवताका लागि रक्त अभियान’ नाम दिइएको उक्त अभियानका संयोजक राजेन्द्रप्रसाद पौडेल हुन् । वल्र्ड ब्लड डोनर्स अर्गनाइजेसन चितवनको संयोजन तथा नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरको प्राविधिक सहयोगमा अभियान सञ्चालन भइरहेको पौडेलले बताए ।

पौडेलका अनुसार अभियान विशुद्ध मानवीय सेवाको उद्देश्यले सञ्चालन गरिएको हो । बिरामीका लागि आवश्यक पर्ने रगतको अभाव हुन नदिनु र मानवीय सेवामा सहयोग पुर्‍याउनु अभियानको मुख्य उद्देश्य रहेको उनले बताए ।

गत असार २१ गते परीक्षणका रूपमा नारायणी नदी किनारमा घुम्ती रक्तदान शिविर सुरु गरिएको थियो। अभियानको ३०औँ संस्करणसम्म आइपुग्दा ६१९ पिन्ट रगत सङ्कलन भइसकेको पौडेलले जानकारी दिए । २९औँ संस्करणसम्म ५९४ पिन्ट रगत सङ्कलन भएको थियो ।

भारी वर्षा तथा अन्य विशेष अवस्था बाहेक हरेक साँझ ४ बजेदेखि ८ बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

सुरुमा भरतपुरबाट केही रक्तदाता ल्याएर अभियान सञ्चालन गरिए पनि स्थानीयको उत्साहजनक सहभागिताले नारायणी किनारबाट नियमित रूपमा रगत सङ्कलन गर्न सकिने देखिएको पौडेलले बताए ।

उनका अनुसार नारायणी नदी किनार रक्तदानका लागि उपयुक्त स्थान बनेको छ । चितवन र नवलपुरका स्थानीयसँगै अन्य जिल्लाबाट आएका व्यक्तिले पनि यहाँ रक्तदान गर्दै आएका छन् । रक्तदान गर्न इच्छुक भए पनि अवसर नपाएका व्यक्तिका लागि नारायणी किनार सहज स्थान बनेको उनको भनाइ छ ।

विदेशमा बस्ने नेपालीसमेत बिदामा नेपाल आएका बेला अभियानमा सहभागी भएर रक्तदान गर्ने गरेका छन् । केही दिनअघि विदेशबाट नेपाल आएका दुई महिलाले समेत यहाँ रक्तदान गरेको पौडेलले बताए ।

अभियानमा पूर्वजानकारीबिना स्वःस्फूर्त रूपमा रक्तदान गर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । नारायणी किनारमा नियमित रूपमा सङ्कलन हुने रगतले रगतको आवश्यकता पर्ने बिरामीलाई सहज रूपमा रगत उपलब्ध गराउन सहयोग पुग्ने अभियानको विश्वास छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ८ : ५६ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने