कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन « Khabarhub

कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपद्मा परेकाको उद्धारमा जुटन निर्देशन


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले अहिलेको विपद्को अवस्थामा पार्टीका सम्पूर्ण सदस्यहरुलाई उद्धार, पुनःस्थापना र राहतका कार्यमा अविलम्ब सहभागी हुन निर्देश गरेको छ ।

कांग्रेसले यसअघि नै आफ्नो नेतृत्वमा बनेको प्रदेश र स्थानीय सरकारलाई विपद्का घटनामा उद्धार, राहत र पुनःस्थापनाका लागि निर्देश गरिसकेको जनाएको छ । सभापति गगनकुमार थापाको सभापतित्वमा यही साउन २४ गतेदेखि जारी बैठकले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा शनिबार राति अविरल वर्षापछि आएको पहिरोमा परी जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

बैठकले घाइतेहरुको तत्काल उचित उपचार व्यवस्था मिलाउन सरकारसँग माग गर्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । कांग्रेसले यस घटनामा परी घरबारविहीन भएका र सम्भावित थप पहिरोको जोखिमका कारण विस्थापित भएका ७० भन्दाबढी घरपरिवारको तत्काल उद्धार, राहत र पुनःस्थापनाको व्यवस्था गर्नसमेत सरकारसँग आग्रह गरेको छ ।

यसैगरी बैठकले कालीकोटलगायत पहाडी जिल्लामा आएको पहिरोका कारण कयौँ परिवार घरबारविहीन भएको अवस्थामा विस्थापित नागरिकलाई सुरक्षित स्थानमा पुनःस्थापित गरी राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आजको बैठकमा १२ जनाले आ–आफ्नो धारणा राखेका थिए । छलफलको क्रम जारी रहेकाले केन्द्रीय कार्यसमितिको बैठक आगामी भदौ १ गते सोमबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनःबस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

बैठकमा आज कोषाध्यक्ष उमेश श्रेष्ठ, सहमहामन्त्रीद्वय योगेन्द्र चौधरी र उदयशम्शेर राणा, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, जीवन परियार, अर्जुनप्रसाद जोशी, डा चन्द्रकान्त भण्डारी, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य र प्रेमबहादुर खड्काले आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  ९ : १३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर