देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही « Khabarhub

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा देउवा सवार गाडी र स्वागतमा सहभागी मोटरसाइकललाई उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो ।

देउवा गत बिहीबार साउन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि बागमती प्रदेश–०१–०२९ च–९३४३ नम्बरको गाडीमा महाराजगञ्जस्थित निवास गएका थिए। नेता तथा कार्यकर्ताले विमानस्थलदेखि निवाससम्म उनलाई उक्त गाडीमा लगेका थिए ।

उक्त गाडीको ढोकाको साइडमा ६ जना झुण्डिएर यात्रा गरेको पाइएको थियो । यात्रु राख्न नमिल्ने स्थानमा यात्रु राखेको कसुरमा गाडीका चालकलाई ट्राफिक प्रहरीले एक हजार रुपैयाँ जरिबाना गरेको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार ट्राफिक नियमविपरीत सवारी चलाउने सबैलाई कारबाही गरिनेछ । त्यस्तै, देउवाको स्वागतमा सहभागी भएको अर्को मोटरसाइकलमा तीन जना सवार रहेको पाइएपछि चालकलाई पनि कारबाही गरिएको छ। भारबहन क्षमताभन्दा बढी यात्रु बोकेको कसुरमा मोटरसाइकल चालकलाई ५ सय रुपैयाँ जरिबाना गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले देउवा सवार गाडीको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै दुर्घटनाबाट बच्न ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ। प्रहरीले भिडियोसँगै ‘दुर्घटना बाजा बजाएर आउँदैन, सावधानीले भने रोक्न सक्छ’ भन्ने सन्देशसमेत सार्वजनिक गरेको छ ।

प्रहरीले राजनीतिक वा अन्य कुनै कार्यक्रमका क्रममा पनि सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, सवारीको बाहिरी भागमा झुण्डिएर यात्रा गर्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घन नगर्न आग्रह गरेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १० : २३ बजे

चिलिमेमा भेटिएका पाँच कर्मचारीको शव परिवारलाई हस्तान्तरण

रसुवा– चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव सम्बन्धित परिवारजनलाई

हुम्लाको चङ्खेलीमा बाह्रै महिना अवैध जडीबुटी संकलन

हुम्ला– चङ्खेली गाउँपालिकाका विभिन्न वनमा बाह्रै महिना अवैध ढङ्गले जडीबुटी

शेखर कोइरालाको प्रश्न : कांग्रेस किन चहराइरहेको घाउमा मल्हम बन्न सकिरहेको छैन ?

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको विभाजनप्रति चिन्ता व्यक्त

गिद्ध संरक्षणमा सफलता, संख्या बढाउनेमा नेपाल दक्षिण एसियाकै पहिलो

अर्घाखाँची– कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी– आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार