भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै « Khabarhub

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका बिक्रेताहरूबाट ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाअनुसार गरिने जनाएको छ । निगमले आइतबार सूचना जारी गर्दै उपभोक्ताहरूले आफूलाई पायक पर्ने बिक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमले अपिल गरेको छ ।

‘२०८३ भदौ १ गते सोमबारका दिनदेखि सम्बन्धित ग्याँस उद्योगले नियुक्त गरेका विक्रेताहरूबाट नियमित प्रक्रिया अनुसार नै ग्याँसको बिक्री वितरणको व्यवस्था मिलाइएको छ । उपभोक्ताहरूले आफूलाई पायक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्याँस खरिद गर्नुहुन निगम अपिल गर्दछ,’ निगमले सूचना जारी गर्दै भनेको छ ।

साथै, बिक्री–वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्योग, बिक्रेता तथा वितरकलाई दैनिक विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ ।

‘उद्योगहरूले दैनिक बिक्री गर्ने बिक्रेता/वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर, सिलिण्डर संख्यासहितको विवरण निगममा प्रत्येक दिन बिहान ९ बजेभित्र उपलब्ध गराउनू,’ निगमले भनेको छ ।

बिक्रेता/वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम, सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार पारेर अनिवार्य रूपमा सम्बन्धित उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने र सम्बन्धित उद्योगले निगमलाई सो विवरण सोही दिन उपलब्ध गराउनुपर्नेछ ।

ग्यासको बिक्री वितरण गर्दा अत्यावश्यक भएका घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्ताहरूलाई उच्च प्राथमिकतामा राखी बिक्री वितरण गर्नुपर्ने निगमले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १० : २८ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना