मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै « Khabarhub

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै


३१ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट काठमाडौं ल्याइएको छ । उनलाई आइतबार नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर छाउनीस्थित वीरेन्द्र अस्पतालमा भर्ना गरिएको हो ।

मन्त्री लम्सालको सचिवालयका अनुसार उनको अहिले वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ । लम्साल शनिबार दार्चुलाबाट बैतडीको गोठालापानी पुगेका थिए। गोठालापानीस्थित हेरिटेज होटलमा बसेका बेला उनलाई भाइरल ज्वरो र रुघाको संक्रमण देखिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल बैतडीका एमडीजीपी डा। पविन उपाध्याय आइतबार बिहान पौने ९ बजे मन्त्री बसेको होटलमै पुगेका थिए ।

डा। उपाध्यायका अनुसार लम्सालमा निद्रा अपुग भएको तथा मुटुको धड्कन बढेको समस्या देखिएको थियो । उनका अनुसार धनगढीको तुलनामा बैतडीको मौसम चिसो भएकाले शरीरले तापक्रममा भएको परिवर्तन सहज रूपमा समायोजन गर्न नसकेको हुनसक्छ।

स्वास्थ्यमा समस्या देखिएपछि थप उपचार र स्वास्थ्य परीक्षणका लागि मन्त्री लम्साललाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। अहिले उनको स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १० : ५३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु