मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी « Khabarhub

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको दाबी गरेका छन्।

हुथी सैन्य प्रवक्ता याह्या सारीले यमनको मारिब प्रान्तको हवाई क्षेत्रमा ‘आक्रामक कारबाही’ गरिरहेका बेला साउदीको एफ–१५ विमान खसालेको दाबी गरेका हुन्।

उनका अनुसार विमान खसाल्न ‘स्थानीय रूपमा निर्मित सतहदेखि हावामा प्रहार गर्ने मिसाइल’ प्रयोग गरिएको थियो।

‘हाम्रो देश र जनतामाथि भइरहेको यो क्रूर आक्रमणको सामना गर्दै यमनी सशस्त्र बलले ईश्वरको सहयोग र कृपाले साउदी एफ–१५ लडाकु विमान खसाल्न सफल भएको छ,’ सारीले वक्तव्यमा भनेका छन्।

स्थानीय स्रोतलाई उद्धृत गर्दै अल जजीराले हुथीहरूले मारिबको उत्तरपश्चिममा पर्ने माउन्ट हेलाननजिकै उक्त विमान खसालेको जनाएको छ। घटनाबारे साउदी नेतृत्वको गठबन्धनबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

हुथीहरूले विमान खोज्न आएका थप दुई साउदी एफ–१५ विमानसँग समेत आफूहरूले ‘मुठभेड’ गरेको दाबी गरेका छन्।

सारीका अनुसार पछिल्लो एक सातामा साउदी लडाकु विमानले ताइज, लहज, अल-जौफ, हज्जाह, मारिब, सादा र अल-बायदा क्षेत्रमा ४५० भन्दा बढी हवाई आक्रमण गरेका छन्। ती आक्रमणमा सर्वसाधारणसमेत हताहत भएको उनको दाबी छ।

उनले ‘उपलब्ध सबै माध्यमबाट’ आफ्नो देशको हवाई क्षेत्र र सार्वभौमसत्तालाई ‘हरेक आक्रमण र उल्लंघनबाट जोगाउने’ क्रम जारी राख्ने बताएका छन्।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  १२ : ५४ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण