मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी « Khabarhub

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी


३१ भदौ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको दाबी गरेका छन्।

हुथी सैन्य प्रवक्ता याह्या सारीले यमनको मारिब प्रान्तको हवाई क्षेत्रमा ‘आक्रामक कारबाही’ गरिरहेका बेला साउदीको एफ–१५ विमान खसालेको दाबी गरेका हुन्।

उनका अनुसार विमान खसाल्न ‘स्थानीय रूपमा निर्मित सतहदेखि हावामा प्रहार गर्ने मिसाइल’ प्रयोग गरिएको थियो।

‘हाम्रो देश र जनतामाथि भइरहेको यो क्रूर आक्रमणको सामना गर्दै यमनी सशस्त्र बलले ईश्वरको सहयोग र कृपाले साउदी एफ–१५ लडाकु विमान खसाल्न सफल भएको छ,’ सारीले वक्तव्यमा भनेका छन्।

स्थानीय स्रोतलाई उद्धृत गर्दै अल जजीराले हुथीहरूले मारिबको उत्तरपश्चिममा पर्ने माउन्ट हेलाननजिकै उक्त विमान खसालेको जनाएको छ। घटनाबारे साउदी नेतृत्वको गठबन्धनबाट तत्काल कुनै प्रतिक्रिया आएको छैन।

हुथीहरूले विमान खोज्न आएका थप दुई साउदी एफ–१५ विमानसँग समेत आफूहरूले ‘मुठभेड’ गरेको दाबी गरेका छन्।

सारीका अनुसार पछिल्लो एक सातामा साउदी लडाकु विमानले ताइज, लहज, अल-जौफ, हज्जाह, मारिब, सादा र अल-बायदा क्षेत्रमा ४५० भन्दा बढी हवाई आक्रमण गरेका छन्। ती आक्रमणमा सर्वसाधारणसमेत हताहत भएको उनको दाबी छ।

उनले ‘उपलब्ध सबै माध्यमबाट’ आफ्नो देशको हवाई क्षेत्र र सार्वभौमसत्तालाई ‘हरेक आक्रमण र उल्लंघनबाट जोगाउने’ क्रम जारी राख्ने बताएका छन्।

प्रकाशित मिति : ३१ भदौ २०८३, बुधबार  १२ : ५४ बजे

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको