सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग « Khabarhub

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। उनीहरूले आवश्यक स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध नहुँदा गर्भवती महिलाले बाटोमै शिशु जन्माउनुपर्ने अवस्था देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सदस्य धर्मेन्द्र पासवानले मधेस प्रदेशमा स्वास्थ्यचौकी तथा स्वास्थ्य संस्थाहरू आवश्यक स्थानमा स्थापना गरी नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए। 

उनले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न भौगोलिक आवश्यकता र जनसंख्यालाई आधार बनाएर स्वास्थ्य संस्था स्थापना गर्नुपर्ने बताए।

बैठकमा सदस्य रेनु चन्दले गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विषय उठाउँदै घटनाबारे गृह मन्त्रालयले स्पष्ट जानकारी दिनुपर्ने माग गरिन्। उनले घटनाको वास्तविकता सार्वजनिक गरी दोषीमाथि आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिइन्।

त्यस्तै, सदस्य रोशनी मेचेले पछिल्लो समय महिला तथा बालबालिकामाथि हुने दुर्व्यवहारका घटना बढ्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले महिला तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न प्रभावकारी पहल र आवश्यक कदम चाल्न सरकारसँग माग गरिन्।

राष्ट्रियसभा सदस्यहरूले स्वास्थ्य सेवा तथा महिला र बालबालिकाको सुरक्षासँग सम्बन्धित समस्यालाई गम्भीरतापूर्वक लिएर प्रभावकारी समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ३ : ०८ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट