महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी  « Khabarhub

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 


३१ भाद्र २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्ने बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद रेग्मीले प्रधानमन्त्रीको आसन्न राष्ट्रसंघ महासभा भ्रमणमा नेपालले क्षतिपूर्ति माग्ने शैलीमा भन्दा पनि वैज्ञानिक तथ्य र डेटाका आधारमा संसारलाई नै नेतृत्व गर्दै जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्ने बताएका हुन् । 

नेपालसँग जलवायु परिवर्तनका कारण हिमताल र हिमनदी पग्लिरहेको यथेष्ट प्रमाण रहेको उनले बताए । साथै उनले इसिमोड लगायत अमेरिका, चीन, र भारतका सरकारी लगानीका विश्वविद्यालय तथा इन्स्टिच्युटका ’पियर–रिभ्युड’ जर्नलहरूले समेत हिन्दुकुश हिमालय क्षेत्रमा तापक्रम वृद्धि भई हिउँ पग्लने दर उच्च भएको पुष्टि गरेको उल्लेख गरे । 

नेपालका विश्वविद्यालय, इसिमोड, र अनुसन्धान संस्थाहरूका वैज्ञानिक डेटालाई एकीकृत गरी एउटै बलियो राष्ट्रिय धारणा बनाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न उनले सरकारलाई सुझाव दिए । 
 

प्रकाशित मिति : ३१ भाद्र २०८३, बुधबार  ३ : २७ बजे

सुडानमा सुनखानी भत्किँदा ६० जनाको मृत्यु

खार्तुम- पश्चिमी सुडानको पश्चिम कोर्डोफानस्थित एल–नाहुद सहर नजिकै रहेको अल–जारा सुनखानी

मणिपुरमा पछिल्लो झडपमा दुई महिलाको मृत्यु

नयाँदिल्ली– भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पछिल्लो तीन सातादेखि जारी जातीय

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले