यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु « Khabarhub

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहले गरेको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । 

यमन सरकारले दिएको जानकारीअनुसार मृत्यु हुने र घाइते हुनेमा राष्ट्रपतिको कार्यालय परिसरमा कार्यरत सुरक्षाकर्मी तथा सर्वसाधारण कर्मचारी रहेका छन् ।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमन सरकारको अस्थायी मुख्यालय रहेको अल-माशिक राष्ट्रपतिको कार्यालय परिसरमा आक्रमण भएको हो ।

यसअघि बिहीबार स्थानीय सुरक्षा अधिकारीले सिन्ह्वालाई दिएको जानकारीअनुसार उक्त परिसरमा पाँचवटा क्षेप्यास्त्र प्रहार गरिएको थियो । एडेनको अल-बुराइका क्षेत्रमा रहेको साउदी नेतृत्वको गठबन्धन सेनाको मुख्यालयलाई पनि निशाना बनाइएको थियो ।

आक्रमणका क्रममा एडेनमा ठूलो विस्फोटको आवाज सुनिएको थियो भने राष्ट्रपतिको कार्यालय आसपास धुवाँ उठेको सिन्ह्वाका घटनास्थलमा रहेका संवाददाताले जनाएका छन् ।

स्थानीय स्रोतका अनुसार हुथी समूहसँग लड्न साउदी समर्थित सरकारी सेनालाई तयार पार्ने उद्देश्यले हालै उक्त परिसरमा उच्चस्तरीय बैठकहरू भएका थिए ।

हुथी समूहका सैन्य प्रवक्ता याह्या सरियाले एडेनस्थित ‘साउदी सैन्य कारबाही मुख्यालय’ लाई निशाना बनाइएको बताएका छन् । तर, उनले उक्त मुख्यालयको ठ्याक्कै स्थान भने खुलाएका छैनन् ।

हुथी समूहद्वारा सञ्चालित अल-मसिरा टेलिभिजनले पछि एक हुथी सैन्य नेताको भनाइ उद्धृत गर्दै राष्ट्रपतिको कार्यालय परिसरभित्र साउदी अधिकारीहरूले सञ्चालन गरेको सैन्य कारबाही मुख्यालयमा भएको आक्रमणमा साउदी सैन्य अधिकारीहरू मारिएको वा घाइते भएको जनाएको छ ।

यस दाबीबारे साउदी अरब वा साउदी नेतृत्वको गठबन्धनले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ६ : १७ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी