बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन « Khabarhub

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका उपाय सुझाउन समिति गठन गरिएको छ । अस्पताल सञ्चालक समितिले पूर्णता पाएसँगै सुधारका लागि समिति गठन गरिएको हो ।

अस्पताल सञ्चालक समितिका सदस्य डा. डिल्लीराम भण्डारीको संयोजकत्वमा गठित समितिमा सञ्चालक सदस्यद्वय डा. शान्ति भुर्तेल र इशा प्रधान सदस्य छन् ।

अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोका अनुसार गत वैशाख ६ देखि असोज २३ गतेसम्म अस्पताल कार्यकारी निर्देशकको निमित्तको भरमा सञ्चालन भएको थियो । 

उक्त अवधिमा अस्पताल सञ्चालक समितिले समेत पूर्णता पाउन सकेको थिएन । असार १५ गते प्रा. डा. योगेन्द्रप्रसाद सिंह अध्यक्षमा नियुक्त भएका थिए भने सञ्चालक समितिका सदस्यहरू असोज ६ गते चयन भएका थिए ।

नवनियुक्त कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नसक्दा अस्पतालका नयाँ खरिद प्रक्रिया, चिकित्सक तथा कर्मचारीको वृत्तिविकास र बढेको तलब भुक्तानीमा समस्या भएको बताए । यसबाट सेवाग्राहीसँगै चिकित्सक र कर्मचारीसमेत प्रभावित भएको उनको भनाइ छ ।

‘बिरामीले निःशुल्क पाउने कतिपय सामग्री उपलब्ध गराउन सकिएको छैन । बिरामी आफैँले किन्नुपर्ने अवस्था छ,’ उनले भने । अस्पतालको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

अस्पताल सुधारका लागि गठित समितिले अध्ययन गरिरहेको बताउँदै आचार्यले अध्ययन प्रतिवेदन प्राप्त भएपछि थप सुधारका काम अघि बढाइने बताए ।

 ‘अहिले हामी बिहानदेखि राति अबेरसम्म खटिएर काम गरिरहेका छौँ । केही दिनमै अनुभूति हुनेगरी काम देखिन्छ,’ उनले भने ।

आचार्य पहिलोपटक विसं २०७४ वैशाखमा कार्यकारी निर्देशक नियुक्त हुँदा पनि अस्पताल समस्यामा थियो । उनी निर्देशक हुनुअघि अस्पतालको अवस्था सुधार गर्न स्थानीय प्रशासनले हस्तक्षेप गर्नुपर्ने स्थिति आएको थियो । अहिले देखिएका समस्या समाधानका लागि आफू सक्रिय रहेको आचार्यले बताए ।

अस्पतालमा उपचारका लागि भारतसहित नेपालका सबै जिल्लाबाट बिरामी आउने गरेका छन् । अस्पतालको सेवा प्रवाहमा देखिने समस्याले बिरामीलाई प्रत्यक्ष असर पार्ने भएकाले यसको सुधारप्रति सरोकारवालाको चासो बढ्ने गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ६ : ५२ बजे

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा