चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने « Khabarhub

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जनाएको छ ।

महानगरपालिकाका अनुसार दसैँको मुख्य दिनका अवसरमा सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने भएकाले उक्त अवधिमा फोहोर व्यवस्थापन प्रभावित हुने भएको हो ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्टाछुट्टै वर्गीकरण गरेर राख्न आग्रह गरेकी छन् ।

‘आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोर जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर वा कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला,’ उनले भनिन् ।

महानगरपालिकाले कात्तिक १ देखि ४ गतेसम्म उत्पादन हुने फोहोरलाई व्यवस्थित रूपमा राख्न आग्रह गर्दै उक्त अवधिबाहेक अन्य दिनमा भने फोहोर व्यवस्थापन नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ८ : ४५ बजे

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत