काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू)  « Khabarhub

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको संख्या घटेको छैन । अहिले काठमाडौं उपत्यकाका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकहरूको संख्या उल्लेख्य रहेको छ ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् २०२६ को सेप्टेम्बर महिनामा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

अध्यागमन विभागले उपलब्ध गराएको तथ्याङ्कमा आधारित रिपोर्ट अनुसार, सेप्टेम्बर २०२६ मा कुल ८८ हजार २४८ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन् ।

यो सङ्ख्या अघिल्लो वर्ष अर्थात् सन् २०२५ को सेप्टेम्बर महिनाको तुलनामा १२.१ प्रतिशतले बढी हो । सन् २०२५ को सोही अवधिमा ७८ हजार ७११ पर्यटक नेपाल आएका थिए ।

समग्रमा पर्यटक आगमन बढे पनि विभिन्न क्षेत्र र देशअनुसारको तथ्याङ्क विश्लेषण गर्दा भने एसियाली बजार फस्टाएको र पश्चिमी बजार खुम्चिएको मिश्रित नतिजा देखिएको छ ।

क्षेत्रीय आधारमा विश्लेषण गर्दा नेपालको पर्यटनमा सबैभन्दा ठूलो हिस्सा दक्षिण एसियाली (सार्क) राष्ट्रहरूको रहेको छ । सेप्टेम्बर महिनामा भित्रिएका कुल पर्यटकमध्ये करिब एक तिहाइ अर्थात् ३४.०९ प्रतिशत सार्क राष्ट्रबाट आएका छन् ।

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ ।

सेप्टेम्बरमा मात्रै १७,४२५ भारतीय नागरिकले नेपाल भ्रमण गरेका छन्, जुन कुल पर्यटक आगमनको १९.७५ प्रतिशत हुन आउँछ । भारतीय पर्यटकको सङ्ख्यामा अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, सार्क क्षेत्रभित्र श्रीलङ्काबाट ७,१०८ (५४ प्रतिशत वृद्धि) र बङ्गलादेशबाट ३,९६४ (३१.५ प्रतिशत वृद्धि) पर्यटक आएर उत्साहजनक उपस्थिति जनाएका छन् । भुटान र पाकिस्तानबाट आउने पर्यटकको सङ्ख्या क्रमशः १,१११ र ४२९ रहेको छ ।

सार्क बाहेकका अन्य एसियाली राष्ट्रहरूबाट नेपाल आउने पर्यटकको सङ्ख्यामा यस वर्ष सर्वाधिक ५८ प्रतिशतको उछाल आएको छ । समग्र आगमनमा २२.५४ प्रतिशत हिस्सा ओगटेको यस क्षेत्रबाट कुल १९,८८८ पर्यटक भित्रिएका छन् । यो चमत्कारिक वृद्धिको पछाडि चीनको प्रमुख भूमिका रहेको तथ्याङ्कले प्रस्ट पार्छ ।

सेप्टेम्बर २०२६ मा चीनबाट ११,२१२ पर्यटक नेपाल आएका छन् । जुन सन् २०२५ को सेप्टेम्बर (५,२३७) को तुलनामा ११४.१ प्रतिशत अर्थात् दोब्बरभन्दा बढीको वृद्धि हो ।

यसबाहेक अन्य एसियाली राष्ट्रहरू जापानबाट २,०६६ (४५.४ प्रतिशत वृद्धि), मलेसियाबाट १,८७७ (१२.२ प्रतिशत वृद्धि) र दक्षिण कोरियाबाट १,४१२ (४.३ प्रतिशत वृद्धि) पर्यटक नेपाल आएका छन् । यसै क्षेत्रका थाइल्यान्ड र भियतनामबाट आउने पर्यटकको सङ्ख्यामा भने अघिल्लो वर्षको तुलनामा करिब ११ प्रतिशतले सामान्य गिरावट आएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ११ : १८ बजे

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ