खोकनामा सिकाली जात्रा, आफ्नै मौलिक परम्परामा रमाउँदै स्थानीय « Khabarhub

खोकनामा सिकाली जात्रा, आफ्नै मौलिक परम्परामा रमाउँदै स्थानीय


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालीहरूको प्रमुख चाड दसैँ देशभर मनाइरहँदा काठमाडौंको खोकनामा भने परम्परागत रूपमा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरस्थित मन्दिर परिसरमा स्थानीय भेला भएर पूजापाठ, देवी नृत्य र सामूहिक भोजसहित यो जात्रा मनाउँछन्।

दसैँ खोकनाबाट सुरु हुने विश्वास रहे पनि यहाँका बासिन्दाले परम्परागत रूपमा दसैँ मनाउँदैनन्। दसैँको समयमा खोकनावासी आफ्नै मौलिक संस्कृति र परम्पराअनुसार सिकाली जात्रा मनाउन व्यस्त हुन्छन्।

स्कन्दपुराणको माघ माहात्म्यमा उल्लेखित कथाअनुसार दक्ष प्रजापतिको यज्ञलाई महाकाली, वीरभद्रलगायतका सैन्यगणले विध्वंस गरी देवगणलाई समेत तितरबितर पारेको प्रसङ्गमा आधारित रहेर यो जात्रा मनाइन्छ । 

सोही कथालाई स्मरण गर्दै बिहानै सिकाली चौरमा यज्ञमण्डप बनाएर यज्ञ गरिन्छ। पछि वीरभद्र र महाकालीले उक्त यज्ञ विध्वंस गरेको प्रसङ्गलाई जात्रामा प्रस्तुत गरिन्छ ।

मुख्य रूपमा पूजापाठ र सामूहिक भोजका साथ मनाइने सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म सञ्चालन हुन्छ। यस अवधिमा श्रीस्वस्थानी व्रतकथामा आधारित देवी नृत्यसमेत प्रस्तुत गरिन्छ।

यस जात्राको विशेषता भनेकै स्थानीयले एकअर्कालाई दसैँको टीका नलगाई आफ्नै सांस्कृतिक पहिचानअनुसार पर्व मनाउनु हो। खोकनावासीका अनुसार सिकाली जात्रा दसैँभन्दा पुरानो सांस्कृतिक परम्परा हो। यही जात्रा मनाउन व्यस्त हुने भएकाले दसैँ मनाउन नभ्याउने गरेको उनीहरू बताउँछन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  १ : २५ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको