साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू) « Khabarhub

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलबाट उपभोक्ताले चिनी, नुन, तेल, दाल, चामललगायत खाद्यवस्तु बजार मूल्यभन्दा सस्तोमा खरिद गर्न पाउने भएका छन् ।

साल्ट ट्रेडिङ कर्पोरेसनका प्रबन्धक प्रज्वलमान प्रधानका अनुसार नेपाल सरकारको निर्देशनअनुसार असोज १ गतेदेखि कात्तिक मसान्तसम्म सुपथ मूल्य पसल सञ्चालन गरिनेछ । 

उपभोक्तालाई चाडपर्वका बेला सहज र सुलभ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गरिएको उनले बताए ।

कर्पोरेसनका बिक्री कक्षमार्फत काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा र धुलिखेललगायत स्थानमा १३ वटा बिक्री केन्द्र सञ्चालनमा छन्। यसबाहेक देशका विभिन्न २५ स्थानमा रहेका कार्यालयबाट समेत सुपथ मूल्यमा खाद्यवस्तु बिक्री भइरहेको प्रधानले जानकारी दिए।

उनका अनुसार सुपथ मूल्य पसलमा चामल, तेल, दाल, चिनी, नुन, मरिच, मसला, चियापत्ती, चिउरा, आँटा, मैदा र पिठोलगायत सामग्री उपलब्ध छन् । 

सरकारले तोकेको छुटअनुसार बजारमा प्रतिकिलो १०५ रुपैयाँ पर्ने चिनी सुपथ मूल्य पसलमा १०० रुपैयाँमा बिक्री भइरहेको छ । त्यसैगरी, प्रतिकिलो २६ रुपैयाँ पर्ने नुन २४ रुपैयाँमा उपलब्ध छ।

दाल, तेल, चिउरा, आँटा, मैदा र पिठोलगायत सामग्रीमा प्रतिकिलो सात रुपैयाँ छुट दिइएको छ । चामलमा प्रतिकिलो २५ देखि ३० रुपैयाँसम्म तथा मरिच, मसला र चियापत्तीमा पाँचदेखि १० रुपैयाँसम्म छुट उपलब्ध गराइएको प्रधानले बताए । अन्य सामग्रीमा पनि वस्तुअनुसार १० देखि १५ रुपैयाँसम्म छुट दिएर बिक्री वितरण भइरहेको उनले जानकारी दिए ।

यसैबीच, पछिल्लो समय बजारमा खाना पकाउने ग्यासको उपलब्धतामा देखिएको असहजता कम हुँदै गएको कर्पोरेसनले जनाएको छ । सुपथ मूल्य पसलबाट ग्यास बिक्री सुरु गरेपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउन थालेका छन् । 

यसअघि टोकन प्रणालीमार्फत वितरण गरिँदै आएको ग्यास अहिले सिलिन्डर लिएर आउने उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउन थालिएको प्रधानले बताए ।

उनले आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न साल्ट ट्रेडिङका विभिन्न बिक्री केन्द्रमा पुग्न आम उपभोक्तालाई आग्रह गरेका छन् । 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  २ : २३ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको