भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह « Khabarhub

भूमि र वनसम्बन्धी अध्यादेशप्रति कांग्रेसको आपत्ति, सदनबाट अघि बढाउन आग्रह


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत अघि बढाउन आग्रह गरेको छ । 

शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कांग्रेस संसदीय दलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशप्रति आपत्ति जनाएको हो । 

कांग्रेस प्रमुख सचेतक बासना थापाले आकस्मिक परिस्थितिमा अध्यादेश जारी गर्नु संवैधानिक कुरा भए पनि, संसद बन्द भएको छोटो समयमै अध्यादेश आउनुको औचित्यमाथि प्रश्न उठाइन् । 

उनले संसदको अधिकार क्षेत्रभित्र पर्ने विषयहरूमा संसद् छलेर अध्यादेशमार्फत कानून ल्याउनुको सट्टा सदनमै दफावार छलफल गरेर अगाडि बढाउनुपर्ने धारणा राखिन् । 

उनले भूमि सम्बन्धी अध्यादेशमा यसअघि पनि कांग्रेसले विरोध गरेको र अहिले पनि सोही अध्यादेश ल्याउँदा पार्टीको विमति कायमै रहेको बताइन् ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  २ : ५८ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको