जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि… « Khabarhub

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जान सक्ने चेतावनीसहितको गलत आकस्मिक पूर्वसूचना जारी गरेपछि खैलाबैला मच्चिएको छ ।

यस्तो सूचना जारी भएको केही समयमै त्यसलाई फिर्ता लिइएको थियो ।

सो क्षेत्रमा गएको ६.९ म्याग्निच्युडको भूकम्पको मापनलाई बढी आकलन गरिएका कारण उक्त त्रुटि भएको एजेन्सीले जनाएको छ ।

फुजी न्युज नेटवर्कका अनुसार स्थानीय समयानुसार दिउँसो १२:४० बजे जारी गरिएको उक्त चेतावनी आठ मिनेटपछि नै खारेज गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले कुरील टापुमा ६.९ म्याग्निच्युडको भूकम्प रेकर्ड गरेको थियो ।

म्याग्निच्युड बढी आँकलन गरिएका कारण पूर्वसूचना रद्द गर्नुपरेको जापानी सञ्चार माध्यमले जनाएका छन् । यस घटनाप्रतिको क्षमायाचना गर्दै मौसमसम्बन्धी एजेन्सीले म्याग्निच्युड बढी मापन हुनुको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

साथै, यस घटनामा कुनै पनि किसिमको साइबर आक्रमणको सम्भावना नरहेको एजेन्सीले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ३ : १८ बजे

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य