काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हकलाई प्रशिक्षकमा अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएको हो ।
‘अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानका सबैभन्दा सम्मानित व्यक्तित्वहरूमध्ये एक, पूर्वकप्तान तथा मुख्य प्रशिक्षक मिस्बाह-उल-हक अब सुदूरपश्चिम रोयल्सको हिस्सा बनेका छन् ।’ रोयल्सले सामाजिक सञ्जालमा लेखेको छ ।
टिमको सामाजिक सञ्जालमार्फत् भिडियो जारी गर्दै उल हकले सुदूरपश्चिमको प्रशिक्षकका रुपमा अनुबन्ध हुन पाउँदा उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।














प्रतिक्रिया