काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १९ देखि २१ सम्म नेपालमा आईसीसी एसिया कन्फ्रेन्स आयोजना गर्ने भएको छ ।
क्यानले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएको हो ।
क्रिकेट विकास र क्षेत्रीय सहयोग सुदृढ गर्ने उद्देश्यले आयोजना हुने यस सम्मेलनमा एसियाका टेस्ट मान्यता प्राप्त र एशोसिएट सदस्य राष्ट्रहरूका प्रतिनिधिहरूका साथै अन्तर्राष्ट्रिय क्रिकेट समुदायका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
नेपालमा यो सम्मेलन आयोजना हुनु नेपाली क्रिकेटका लागि एक महत्वपूर्ण उपलब्धि रहेको भन्दै क्यानले जसले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति अझ बलियो बनाउनुका साथै खेलकुद पर्यटनको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको जनाएको छ।
सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको इलिमिनेटर र फाइनल खेल समेत अवलोकन गर्नेछन् ।













प्रतिक्रिया