हात्ती मारेको अभियोगमा पक्राउ « Khabarhub

हात्ती मारेको अभियोगमा पक्राउ


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सप्तरी – हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ ।

जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिको नाम सार्वजनिक गरिएको छैन ।

नियमित गस्तीमा आउने कोशीटप्पु वन्यजन्तु आरक्षको टोलीले कङ्कालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्व धान खेतमा हात्तीलाई मारेर गाडेको भेटेका हुन् । हात्तीलाई खाल्डोमा पुरेर माथिबाट परालले छोपेको भेटेको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरले जानकारी दिए ।

उनले भने , “गाडिएको हात्तीलाई बाहिर निकालेर अहिले पोष्टमार्टम भइरहेको छ ।” हात्तीलाई दुई–तीन दिनअघि नै मारेर गाडेको हुनसक्ने आशङ्का गरिएको छ । हात्ती मरेको कारणबारे तत्काल खुल्न नसकेको र अनुसन्धान भइरहेको कोशी टप्पु वन्यजन्तु आरक्षलाई उद्धृत गर्दै डिभिजन प्रमुख ठाकुरले बताए ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ८ : २१ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले