काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा « Khabarhub

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई बिरामी भएको स्थानमा चाँडो पुर्याउन बाइक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । हाललाई यो सेवा काठमाडौँ महानगरपालिकामा उपलब्ध छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँ प्लाजाबाट सेवा शुभारम्भ गर्दै नेपाल एम्बुलेन्स सेवालाई दुईपाङ्ग्रे एम्बुलेन्स हस्तान्तरण गरे । लामो सवारी जामका कारण बिरामीलाई तत्काल प्राथमिक उपचार गराउन चारपाङ्ग्रे एम्बुलेन्स समयमा पुग्न नसक्ने अवस्थामा बाइक एम्बुलेन्सको व्यवस्था गरिएको उनले बताए ।

बाइक एम्बुलेन्समा जाने इमर्जेन्सी मेडिकल टेक्निसियन (इएमटी)ले चारपाङ्ग्रे एम्बुलेन्स पुग्नुअघि बिरामीको प्राथमिक उपचार गर्ने र अवस्था थप बिग्रिन नदिने काम गर्नेछन् ।

त्यसपछि बिरामीलाई थप उपचारका लागि अस्पताल लगिनेछ । बाइक एम्बुलेन्स बिरामी बोक्ने सवारीसाधन नभई बिरामी भएको स्थानमा स्वास्थ्यकर्मीलाई छिटो पु¥याउने माध्यम हो । यो एम्बुलेन्स सेवा लिन १०२ नम्बरमा फोन गर्नुपर्नेछ ।

कार्यक्रममा नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले आकस्मिक स्वास्थ्य सेवामा काठमाडौँ महानगरपालिकाको लगानीले नागरिकको जीवन बचाउन योगदान पु¥याइरहेको बताए ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ८ : ४८ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले