कोप–३१ मा शून्य फोहोर र दिगो व्यवस्थापनबारे छलफल « Khabarhub

कोप–३१ मा शून्य फोहोर र दिगो व्यवस्थापनबारे छलफल


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अन्ताल्या – जलवायु परिवर्तन न्यूनीकरण र दिगो फोहोर व्यवस्थापनमा शून्य फोहोर (जिरो वेस्ट) को भूमिका उजागर गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा विशेष संवाद कार्यक्रम आयोजना गरिएको छ ।

क्रिएसन नेपालको आयोजनामा नेपालको राष्ट्रिय पेभिलियनमा भएको कार्यक्रममा दिगो फोहोर व्यवस्थापन, चक्रीय अर्थतन्त्र र विश्वव्यापी रूपमा अपनाइएका व्यावहारिक समाधानबारे छलफल गरिएको थियो ।

क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीले सहजीकरण गर्नुभएको छलफलमा उनले दिगो फोहोर व्यवस्थापनका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज र समुदायसहित सबै पक्षको सक्रिय, समावेशी तथा एकीकृत सहभागिता आवश्यक रहेको बताए।

कार्यक्रममा अफ्रिका सर्कुलरका बीएसएफ सिस्टम्स विज्ञ पिओत्र बार्चाक, दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (साकेप) का महानिर्देशक नोर्बु वाङ्चुक, चिलीको राष्ट्रिय फोहोर सङ्कलक सङ्घकी अध्यक्ष तथा रेडलाक्रेको अन्तर्राष्ट्रिय सचिवालय सदस्य सोलेदाद मेल्ला र इन्टरएक्टिभका संस्थापक महाप्रबन्धक तथा उपाध्यक्ष एवं क्लाइमको टर्कीका कार्यकारी बोर्ड सदस्य भोल्कान उराल सहभागी थिए।

छलफलमा बार्चाकले बीएसएफ प्रणालीमार्फत फोहोर व्यवस्थापनका व्यावहारिक उपाय र विश्वव्यापी अनुभव प्रस्तुत गर्दै चक्रीय अर्थतन्त्रतर्फको सङ्क्रमणलाई तीव्र बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै, वाङ्चुकले दक्षिण एसियाली क्षेत्रको दृष्टिकोण प्रस्तुत गर्दै दिगो फोहोर व्यवस्थापन र चक्रीय अर्थतन्त्रको प्रवर्द्धनका लागि क्षेत्रीय सहकार्य तथा साझेदारी आवश्यक रहेको बताए।

मेल्लाले फोहोर सङ्कलन तथा व्यवस्थापनमा संलग्न श्रमिकहरूको योगदानको पहिचान र उनीहरूलाई समावेश गर्ने प्रणालीको महत्त्वबारे धारणा राखे। उरालले उद्योग क्षेत्रबाट चक्रीय समाधान, स्रोतको पुनःप्राप्ति र दिगो फोहोर व्यवस्थापनका सम्भावना तथा व्यावहारिक उपाय प्रस्तुत गरे।

कार्यक्रममा शून्य फोहोरको लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता, समावेशी सहभागिता र चक्रीय अर्थतन्त्रको प्रवर्द्धनमा थप प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको थियो ।

फोहोर व्यवस्थापनलाई सरसफाइमा मात्र सीमित नराखी जलवायु परिवर्तन न्यूनीकरण, प्राकृतिक स्रोतको संरक्षण र दिगो विकाससँग जोडेर अघि बढाउनुपर्ने सन्देश पनि कार्यक्रममा दिइएको थियो ।

क्रिएसन नेपालले शून्य फोहोरतर्फको रूपान्तरणका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज, समुदाय र आम नागरिकको साझा प्रयास आवश्यक रहेको जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ९ : ५४ बजे

कोप–३१ मा शून्य फोहोर र दिगो व्यवस्थापनबारे छलफल

अन्ताल्या – जलवायु परिवर्तन न्यूनीकरण र दिगो फोहोर व्यवस्थापनमा शून्य फोहोर (जिरो

नवलपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै काठमाडौँमा प्रदर्शन (तस्बिरहरू) 

काठमाडौँ – जलवायु न्याय, हानि तथा क्षतिको क्षतिपूर्ति र पर्याप्त

लामिछाने दम्पतीले दिए उदाउँदो सूर्यलाई अर्घ्य

जनकपुरधाम- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उहाँकी

पूर्वसूचनालाई विपद् पूर्वतयारीसँग जोड्न महासचिव चापागाईंको आह्वान

काठमाडौँ- रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव जगन चापागाईंले प्राकृतिक