जानकी मन्दिरबाट अमरेशको मेची-महाकाली पदयात्रा सुरु, रविले गरे विदाई « Khabarhub

जानकी मन्दिरबाट अमरेशको मेची-महाकाली पदयात्रा सुरु, रविले गरे विदाई


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद अमरेशकुमार सिंहले मेची-महाकाली पदयात्रा सुरु गरेका छन् । 

सोमबार जनकपुरको जानकी मन्दिरबाट सांसद सिंहले मेची-महाकाली पदयात्रा सुरु गरेका  हुन् । रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा दिएर सांसद सिंहलाई विदाई गरेका थिए । 

सो क्रममा सभापति लामिछानेले पदयात्राले मधेस, पहाड र हिमाल तथा सिङ्गो देशलाई जोड्ने, विभिन्न ठाउँमा सद्भाव र एकता कायम गर्ने सन्देश दिने उद्देश्य राखेको भन्दै सांसद सिंहलाई शुभकामना दिए । जात, लिंग, धर्म, सम्प्रदाय वा भूगोलभन्दा माथि उठेर सबैलाई जोड्न गरिएको पदयात्रा सफल हुने उनको विश्वास छ ।  

देशका बिभिन्न स्थानमा पुगेर जनताको कुरा सुन्नका लागि पदयात्रा सुरु गरेको सांसद सिंहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  १२ : ४६ बजे

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए शपथ 

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतहरूले

जानकी मन्दिरबाट अमरेशको मेची-महाकाली पदयात्रा सुरु, रविले गरे विदाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद अमरेशकुमार सिंहले मेची-महाकाली पदयात्रा सुरु

मंसिरमा पनि बैंकहरूले घटाए मुद्दती निक्षेपको ब्याजदर

काठमाडौँ- बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम पर्याप्त रहेपछि वाणिज्य

आगामी एक साता वर्षाको सम्भावना न्यून, देशभरको मौसम सफा रहने

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी एक

प्रोटोन ई.मास ५ बन्यो मलेसियाको सर्वाधिक बिक्री हुने ईभी

काठमाडौं– मलेसियाको विद्युतीय सवारी बजारमा प्रोटोन ई.मास ५ ले अक्टोबर