काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कार्यकाल सकिन एक वर्षअगावै जय शाहलाई सन् २०३० सम्मका लागि अध्यक्षमा चयन गरेको छ ।
सन् २०२४ को अगस्टमा पहिलोपटक आईसीसी अध्यक्ष चुनिएका शाहको नियमित कार्यकाल आगामी वर्ष सकिँदै थियो । तर, इन्डोनेसियाको बालीस्थित आईसीसी मुख्यालयमा सोमबार बसेको सञ्चालक समितिको बैठकले उनलाई थप कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो ।
अध्यक्षमा निरन्तरता पाएसँगै शाहले सञ्चालक समितिप्रति आभार व्यक्त गर्दै आफ्नो जिम्मेवारीप्रति दृढ रहेको प्रतिक्रिया दिएका छन् ।
क्रिकेटको दिगो विकासका लागि दर्शक, खेलाडी, व्यावसायिक साझेदार तथा अन्य सरोकारवाला निकायसँगको सम्बन्ध अझ सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए ।
सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ग्रीष्मकालीन (समर) ओलम्पिकमा स्थान बनाउँदै क्रिकेटले खेलकुदको महाकुम्भमा ऐतिहासिक पुनरागमन गरेको समेत शाहले उल्लेख गरे ।














प्रतिक्रिया