कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा « Khabarhub

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना सवारीचालक गएको महिनामा कारबाहीमा परेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा सबैभन्दा बढी मादकपदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने छन् ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यही कात्तिक १ गतेदेखि २९ गते सम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ८९२ जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ७८ जना चालक कारबाहीमा परेका हुन् ।

प्रहरीले मादकपदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रणका लागि नियमित जाँच तथा निगरानी गर्दै आएको छ ।

मादकपदार्थ वा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउन कानुनले निषेध गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार मापसे र लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गर्ने व्यवस्था छ ।

प्रहरीले सवारीचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न तथा मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारीसाधन नचलाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ३ : ५१ बजे

जङ्गली हात्तीको आक्रमणबाट चौधरीको मृत्यु

सप्तरी– जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको

एनपीएलमा बलिङ जादु : को को हुन् सर्वाधिक १२ विकेट लिने चार खेलाडी ?

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणका

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ जना

ठूला सहर छाडेर गाउँ-बस्तीमा गुञ्जिँदै नेपथ्य, चार स्थानमा कन्सर्ट गर्ने

काठमाडौं– ठूला सहरका मञ्चमा दर्शकको मन जित्दै आएको लोकप्रिय ब्याण्ड

स्थानीय चुनावको पूर्वतयारी भन्दै एमालेले आयोजना गर्‍यो राष्ट्रिय भेला

काठमाडौं– नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि