सहयोग रकम बुझ्दै महावीरले भने- दैवी प्रकोप उद्धार कोषको पैसा दुरुपयोग हुँदैन « Khabarhub

सहयोग रकम बुझ्दै महावीरले भने- दैवी प्रकोप उद्धार कोषको पैसा दुरुपयोग हुँदैन


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त भएको रकमको दुरुपयोग नहुने स्पष्ट पारेका छन् । 

सोमबार मन्त्रालयमा नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले कोषमा गरेको सहयोग रकम बुझ्दै मन्त्री पुनले कोषको रकम पारदर्शी रुपमा नै खर्च हुने भन्दै दुरुपयोग नहुने स्पष्ट पारेका हुन् । 

बाटोघाटो, पुल, स्कुल तथा अस्पतालहरू बगाएका स्थानमा पुनर्निर्माण गर्न र राहत पुर्‍याउन कोषको रकम खर्च भइरहेको उनले बताए । 

मन्त्री पुनले विभिन्न संघसंस्था तथा विदेशी निकायहरूको इस्टिमेट अनुसार हालैको बाढीपहिरोबाट करिब ३–४ खर्ब रुपैयाँ बराबरको ठूलो नोक्सानी भएको भन्दै राहत कोषको रकमले मात्र पुनर्निर्माण गर्न पर्याप्त नहुने उल्लेख गरे । 

उनले भोटेकोशी बाढीका कारण सडक सञ्जाल अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा हेलिकप्टरको अत्यधिक प्रयोग भएको र त्यसैमा ३०–४० करोड रुपैयाँभन्दा बढी खर्च भएको बताए । 

नेपाली एसोसिएसन अफ ओरेगन, अमेरिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि एक करोड १७ लाख ६० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । 

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ४ : १६ बजे

सहयोग रकम बुझ्दै महावीरले भने- दैवी प्रकोप उद्धार कोषको पैसा दुरुपयोग हुँदैन

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रधानमन्त्री दैवी

इनम सापकोटा प्रकरणमा एमालेले भन्यो- प्रधानमन्त्रीका नाममा सबैलाई आतङ्कित बनाउन खोजियो

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटा प्रकरणको अनुसन्धान

१३ करोडको आँकडा छुन लाग्यो ‘कबड्डी ५’, तर किन सुस्तायो कमाइको रफ्तार ?

काठमाडौं– नेपाली फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’

जङ्गली हात्तीको आक्रमणबाट चौधरीको मृत्यु

सप्तरी– जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको

एनपीएलमा बलिङ जादु : को को हुन् सर्वाधिक १२ विकेट लिने चार खेलाडी ?

काठमाडौँ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणका