उत्पादन, रोजगारी र लगानी विस्तारमा जोड दिन अर्थमन्त्री वाग्लेको आग्रह « Khabarhub

उत्पादन, रोजगारी र लगानी विस्तारमा जोड दिन अर्थमन्त्री वाग्लेको आग्रह


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारको दिशामा अगाडि बढ्नुपर्ने बताएका छन् । 

नेपाल बैंक लिमिटेडको ९० औँ वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री वाग्लेले नेपालको अर्थतन्त्र अहिले महत्त्वपूर्ण मोडमा रहेको भन्दै उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना तथा लगानी विस्तारको दिशामा अगाडि बढ्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

कर्जाको प्रवाह अनुत्पादक क्षेत्रबाट उत्पादनशील क्षेत्रतर्फ निर्देशित हुनुपर्ने उनले बताए । त्यस्तै उनले बैंकले जनविश्वास कायम राख्न पारदर्शिता, जबाफदेहिता, व्यावसायिकता र प्रभावकारी जोखिम व्यवस्थापन आवश्यक रहेको धारणा राखे ।

मन्त्री वाग्लेले बैंकिङ सेवालाई सरल, सुरक्षित, छिटो र प्रविधिमैत्री बनाउँदै साइबर सुरक्षा र तथ्यांक संरक्षणमा विशेष ध्यान दिन आग्रह गरे । 

नेपाल बैंक लिमिटेडको ऐतिहासिक गौरवलाई भविष्यको सफलतामा रूपान्तरण गर्नु साझा जिम्मेवारी भएको उनको भनाइ छ । उनले बैंकिङ क्षेत्रको सुधार, संस्थागत सबलीकरण र वित्तीय स्थायित्वका लागि आवश्यक नीतिगत सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए । 

कार्यक्रममा लामो समय कार्य गरेका कर्मचारीलाई दिर्घसेवा पदक तथा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको थियो भने बैंकको डिजिटल लोन प्रोडक्टको शुभारम्भ गरिएको थियो । 

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ४ : ४४ बजे

आईसीसी अध्यक्षमा दोहोरिएका शाहलाई क्यानले दियो बधाई

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल

उत्पादन, रोजगारी र लगानी विस्तारमा जोड दिन अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी

नेपालको ऋण मुक्तिको सङ्कल्पले महालक्ष्मी विशेष साधना

काठमाडौँ– नेपाल महर्षि वैदिक फाउण्डेशनले राष्ट्र ऋण मुक्त गरी समृद्धिको

मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ

जनकपुरधाम– धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१९ कठाइतमा मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु

यौन हिंसासम्बन्धी प्रस्तावित विधेयकमा थप सुधारको आवश्यकता

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यौन हिंसासम्बन्धी तयार