काठमाडौँ – अभिनेता देव नेपालीको अभिनय रहेको नयाँ गीत ‘जे गर तिमी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेममा रमाइरहेको जोडीको सम्बन्धमा आउने उतारचढाव र अन्ततः वियोगको कथालाई भिडियोमा प्रस्तुत गरिएको छ।
भिडियोमा देव नेपाली र मोडल करिश्मा श्रेष्ठ प्रेमिल जोडीका रूपमा देखिएका छन् । गहिरो प्रेममा रहे पनि सामान्य असमझदारीले सम्बन्धमा दरार ल्याउन सक्ने भावलाई भिडियोमा समेटिएको निर्माण पक्षले जनाएको छ।
गीतमा सुशान सुन्दासको स्वर रहेको छ भने शब्द तथा सङ्गीत महेश ज्ञवालीको हो। युवा निर्देशक दिनेश बस्नेतले निर्देशन गरेको भिडियोका निर्माता देव नेपाली नै हुन् । उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।














प्रतिक्रिया