महँगी नियन्त्रणमा सरकार असफल, जनजीविकाका मुद्दा कांग्रेसले उठाउनुपर्छ : प्रदीप पौडेल « Khabarhub

महँगी नियन्त्रणमा सरकार असफल, जनजीविकाका मुद्दा कांग्रेसले उठाउनुपर्छ : प्रदीप पौडेल


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकाका मुद्दाहरूमा गम्भीर हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा महामन्त्री पौडेलले जनजीविकाका मुद्दाहरूमा सरकार गम्भीर नदेखिएको र मूल्यवृद्धि समेत नियन्त्रण गर्न नसकेकाले कांग्रेसले नै जनजीविकाका मुद्दाहरूलाई प्रभावकारी रुपमा उठाउनुपर्ने बताएका हुन् ।

उनले निर्वाचन नजिकिँदै गएको अवस्थामा सुशासन, सङ्घीयताको सबलीकरण र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने विषयलाई मुख्य एजेन्डा बनाउनुपर्ने धारणा राखे ।

नागरिकहरूसँग आत्मीयता कायम गर्दै उनीहरूको पीडामा मलम लगाउनेदेखि देशको विकास गर्ने कुरामा समेत बुझेर अघि बढ्न उनले आग्रह गरे । 

कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले भ्रष्टाचार नियन्त्रणका लागि र कांग्रेसले विगतमा गरेका ऐतिहासिक र महत्त्वपूर्ण कामको दस्ताबेज राख्ने कुरामा ध्यान पुर्‍याउनु पर्ने धारणा राखे ।

सो अवसरमा कांग्रेसको १५औं महाअधिवेशनमा गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका केन्द्रीय सदस्यहरूलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ५ : १९ बजे

महँगी नियन्त्रणमा सरकार असफल, जनजीविकाका मुद्दा कांग्रेसले उठाउनुपर्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकाका मुद्दाहरूमा गम्भीर हुनुपर्ने

देव र करिश्माको प्रेम र वियोग समेटिएको ‘जे गर तिमी’ सार्वजनिक

काठमाडौँ – अभिनेता देव नेपालीको अभिनय रहेको नयाँ गीत ‘जे

प्रेम, आकर्षण र सम्बन्धमा आउने उतारचढाव देखाउँदै ‘फ्रेन्च किस’को टिजर सार्वजनिक

काठमाडौं– अभिनेता अर्पण थापा निर्देशित फिल्म ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक

आईसीसी अध्यक्षमा दोहोरिएका शाहलाई क्यानले दियो बधाई

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल

उत्पादन, रोजगारी र लगानी विस्तारमा जोड दिन अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी