दूधको मूल्य नबढाए आन्दोलन गर्ने दुग्ध उत्पादक सहकारीको चेतावनी « Khabarhub

दूधको मूल्य नबढाए आन्दोलन गर्ने दुग्ध उत्पादक सहकारीको चेतावनी


३० कार्तिक २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनका दुग्ध किसानहरूले दुधको मूल्यवृद्धि गर्न माग गरेका छन् । 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सोमबार चितवनमा पत्रकार सम्मेलन गर्दै दुधको मूल्य बढाउन माग गरेको हो । 

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले सरकारले दुधको मूल्य वृद्धि नगरे आन्दोलनमा उत्रने चेतावनी दिए  । 

देशमा खाद्यान्न र पशु आहारको मनपरी मूल्य वृद्धिका कारण किसान मर्कामा परिरहेको उनले बताए । उनले प्रत्येक २ बर्षमा दुधको मूल्य पुनवरालोकन गर्ने व्यबस्था गरिएको भएपनि सो बिषयमा कुनै छलफल हुन नसकेको गुनासो गरे ।

पटक पटक कृषि मन्त्रालय लगाएत सरोकारवालाहरूमा ज्ञापन पत्र बुझाउदा समेत सरकारले चासो नदिएको उनको भनाइ छ ।

हाल ६५ रूपैया प्रतिलिर बिक्री गर्दै आएको दुधको मूल्य ७५ रूपैया हुनु पर्ने माग किसानहरूको छ । २०७६ सालमा दुधमा आत्मनिर्भर जिल्ला घोषणा भएको चितवनमा दैनिक ३ लाख ५५ हजार लिटर दुध उत्पादन हुँदै आएको छ भने करीब ४० किसानहरू यो पेशामा आवद्ध रहेको संघले जनाएको छ । 

प्रकाशित मिति : ३० कार्तिक २०८३, सोमबार  ५ : ४१ बजे

दक्षिण अफ्रिकामा एकै दिन भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा १७ जनाको मृत्यु

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा आइतबार भएका दुई छुट्टाछुट्टै सामूहिक गोलीकाण्डमा कम्तीमा

दूधको मूल्य नबढाए आन्दोलन गर्ने दुग्ध उत्पादक सहकारीको चेतावनी

काठमाडौं– चितवनका दुग्ध किसानहरूले दुधको मूल्यवृद्धि गर्न माग गरेका छन्

महँगी नियन्त्रणमा सरकार असफल, जनजीविकाका मुद्दा कांग्रेसले उठाउनुपर्छ : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जनजीविकाका मुद्दाहरूमा गम्भीर हुनुपर्ने

देव र करिश्माको प्रेम र वियोग समेटिएको ‘जे गर तिमी’ सार्वजनिक

काठमाडौँ – अभिनेता देव नेपालीको अभिनय रहेको नयाँ गीत ‘जे

प्रेम, आकर्षण र सम्बन्धमा आउने उतारचढाव देखाउँदै ‘फ्रेन्च किस’को टिजर सार्वजनिक

काठमाडौं– अभिनेता अर्पण थापा निर्देशित फिल्म ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक